चितवन १६ माघ । स्काइराइडर आ.मा.वि. रत्ननगरको आयोजनामा दिपेन्द्र क्षेत्री स्मृति १६औं जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता स्काइराइडर आ.मा.वि. रत्ननगरमा सम्पन्न भएको छ ।
हाजिरीजवाफ प्रतियोगितामा प्रथम सनराइज स्कूल भरतपुर, द्धितिय वाल्मिकी शिक्षा सदन भरतपुर, तृतिय इन्टरनेशनल मोडेल स्कूल पर्सा र सन्तोना नारायणी मोडेल स्कूल भरतपुर भएको छ ।
त्यस्तै आजै भएको चित्रकला प्रतियोगिता प्रथम सौनिक आवासीय महाविद्यालय चौनपुर, द्धितिय आदर्श विद्या आश्रम भरतपुर, तृतिय नर्थ प्वयन्ट एकेडेमी रत्ननगर र चौथो एस.ओ.एस. हर्मन जेमिनर भरतपुर भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष सुर्यकान्त न्यौपाने रहनु भएको थियो । प्याव्सन चितवन उपाध्यक्ष धन प्रसाद रेग्मी विशिष्ट अतिथि रहनु भएको थियो भने कार्यक्रममा शिक्षक अभिभावक संघ स्काइराइडरका अध्यक्ष सरोज लामिछाने, विद्यालय व्यवस्थापन समिति तथा संस्थापक सदस्य पुर्ण पुरी, चन्द्र कुमारी क्षेत्री, नारायण प्रसाद श्रेष्ठ, केशव राज पाठक, नवराज तिमिल्सिना लगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यालय निर्देशक दुर्गा पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box