प्राविधिक शिक्षाका लागि वछौलीमा धान्याचल सुरु (भिडियो सहित)

चितवन १६ माघ । रत्ननगरको वछौलीमा श्रीमद् भागवत महापुराण धनधान्याचल सप्ताह ज्ञान महायज्ञ बुधवारदेखी सुरु भएको छ । वछौली माध्यमिक विद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन गर्ने र प्राविधिक शिक्षा संचालनका लागि महायज्ञ सुरु भएको हो । महायज्ञबाट करिव २ करोड संकलन गर्ने लक्ष्य लिईएको छ । विद्यालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाका अनुसार कक्षा १ देखी १० सम्म अग्रेजी माध्यमबाट पढाई गरिने र कक्षा ११ र १२ मा प्राविधिक शिक्षा संचालन गरिने वताए । वि.सं. २०१५ सालमा स्थापना भएको सो विद्यालयमा हाल ४ सय ३० जना विद्यार्थी अध्ययनरत छन् । सात दिन सम्म चल्ने महायज्ञमा माधुर्य कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नेछन् ।

महायज्ञको पुर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गरे । सो अवसरमा वोल्दै पुर्व अर्थमन्त्री पाण्डेले प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ती उत्पादन गरी समृद्ध मुलुक निर्माणको अभियानमा लाग्नु पर्ने वताए । महायज्ञका संयोजक एवंम् रत्ननगर ६ का वडाध्यक्ष वलराम दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश साँसदहरु कृष्ण प्रसाख खनाल,कंचन खनाल,रत्ननगरकी उपमेयर विमला दुवाडी,वडाध्यक्ष राजन भट्ट,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना,विद्यालय व्यवस्थापन समिति अध्यक्ष राममणी खनाल,मृगकुञ्ज मध्यवर्ती वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष चन्डिका ढकाल,महायज्ञको संघसंस्था समन्वय समिति संयोजक वासु चापागांई लगायतले मन्तव्य राखेका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →