चितवन, १६ माघ । नेपाल रेडक्रस रत्ननगर उपशाखाले रजत महोत्सवको अवसर पारेर रत्ननगर १३ अमिलियामा रहेको असहाय बृद्ध कल्याण समाजमा न्यानो कपडा वितरण गरेको छ ।

जाडो बढेको समयमा सहयोग गर्न पाएकोमा सभापति गोविन्द श्रेष्ठले खुसी व्यक्त गर्दै अझै यस्तै सहयोग लिएर अन्य ठाउँमा पनि पुग्ने बताउनुभयो ।
नेपाल रेडक्रस रत्ननगर उपशाखाले रजत महोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम लिएर अन्य ठाउमा पनि पुग्ने हुदाँ सहयोग गर्न चाहने दाताले पनि उपशाखा संग साझेदारी गर्न सकिने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा रत्ननगर उपशाखाका सचिव रामचन्द्र पौडेल, कोषाध्यक्ष युराज आचार्य , उप सचिव यज्ञराज सुवेदी,उप कोषाध्यक्ष दिपक गिरि, सदस्यहरु हुतराज पन्त, अनु गौतम,महेश प्रसाद रौनियार, विकाश पुरी , कार्यालय व्यवस्थापक शान्ति पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रममा असहाय बृद्ध कल्याण समाजकी कार्य वाहक अध्यक्ष उमा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममको प्रमुख अतिथि नेपाल रेडक्रस रत्ननगर उपशाखाका सभापति गोविन्द श्रेष्ठको रहनु भएको थियो ।

Facebook Comments Box