रत्ननगर १४ माघ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको २९ औं स्थापना दिवसको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति रत्ननगर ११ धर्मधाम जिरौना चितवनको आयोजनामा एक दिवसीय लागुपद्धार्थ तथा दुव्र्यसनी विषयक सचेतनात्म कार्यक्रम आयोजना गर्ने भएको छ ।
युवापुस्तामा लागुपदार्थको प्रयोग बढ्दै गएको वास्तविकतालाई मध्यनजर गरी समितिले माघ १६ गते दिनको एक वजे कार्यक्रम आयोजना गरेको कार्यक्रम धर्मधाम जिरौनामा हुने श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल चितवनका सचिव सिलन वराले जानकारी दिनु भएको छ ।

Facebook Comments Box