काठमाडौँ १३ माघ । प्रतिनिधिसभाबाट पारित भएको चिकित्सा शिक्षा विधयेक भोलि राष्ट्रियसभा बैठकमा पेस हुने भएको छ।राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट बहुमतले विधेयक पारित भएको थियो।

Facebook Comments Box