काठमाडौँ १३ माघ । नेपाल चिकित्सक सङ्घले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोलिदेखि रिले अनशन सुरु गर्ने भएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भएको चिकित्सकहरूको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनशन सुरु गर्ने निर्णय गरेको हो । काठमाडौँ उपत्यकाका चिकित्सकहरूले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनशन गर्ने चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाबाहिरका चिकित्सकले आफू कार्यरत अस्पतालमा वा सङ्घको शाखा कार्यालयमा रिले अनशन बस्ने पनि उहाँले जानकारी दिनुभयो । यसअघि चिकित्सक सङ्घले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

Facebook Comments Box