रत्ननगर १३ माघ। रत्ननगर ८ माझी मुसहर वस्तीमा आईतवार न्यानो कपडा वितरण गरिएको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय चितवन मार्फत पठाएको न्यानो कपडा रत्ननगर नगरपालिकाले वितरण गरेको हो । वडा नम्वर ८ को भागमा परेको मध्ये २० परिवारलाई कम्वल,जुत्ता,ज्याकेट वितरण गरिएको वडाध्यक्ष विनोद वस्नेतले वताए । सो वस्तीमा ६ परिवारलाई अपुग भएकाले लुमन्ती आवासका लागि सहयोग समुहले वितरण गर्ने प्रतिवद्धता जनाएको वडाध्यक्ष वस्नेतले जानकारी दिए । वडाध्यक्ष वस्नेत,लुमन्ती रत्ननगरका संयोजक सिंहवहादुर लामा,वडा सदस्यहरु भोला महतो,नेत्र गिरी,वडा सचिव सुर्य ढुंगानाको उपस्थितीमा कपडा वितरण गरिएको थियो । रत्ननगरमा २ सय ३० थान कम्वल,ज्योकट र जुत्ता नेपाल सरकारले पठाएको छ ।

Facebook Comments Box