चितवन १२ माघ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रा.स. गोगंबु काठमाडौ र जिल्ला कार्यसमिति गोरखा र चितवनको संयुक्त आयोजना मा यही माघ १२ गते शनिवार १ घन्टा मनकामना गेटमा पशु बलि सम्बन्धि सचेतना तथा शाकाहारी बनौ अभियान सञ्चालन गर्ने निर्णय अनुसार शनिवार मनकामना मन्दिर प्रवेशद्वार कुरिनटारमा पशुबलि निषेध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा।स गोंगबु, बाफल, कोटेश्वर काठमाडौं, जिल्ला समिति गोर्खा र चितवनको संयुक्त आयोजनामा भएको सचेतना कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय समिति लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम गोंगबु प्रा.सका अध्यक्ष राजकुमार गजुरेलको नेतृत्वमा भएको हो । पशुबलि धर्म भए पाप के हो रु भन्ने मूल आसयसहित विभिन्न शाकाहारी समाजको सक्रियतामा उक्त अभियान देशको विभिन्न स्थानमा नियमित रूपमा संचालन हुँदै आएको श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष नमराज ढकालले वताएका छन् ।
श्री कृष्ण प्रणामी सेवा समितिका केन्द्रीय अध्यक्ष श्याम केसी र श्री कृष्ण प्रणामी बाईजुराज महिला समितिका अध्यक्ष शारदा शर्मा पुडासैनी लगायतले वोल्नु भएको थियो ।

यस्तै श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रा.स. टिकौली चितवन पनि शनिवार चितवन जिल्लाको बिकट ठाऊ सिद्धि छात्रावास सिद्धि मा बालबालीकाहरूलाई ओडने ओछाउने डसना सिरानी तन्ना सहयोग गरेको सचिव सिलोन वरालले जानकारी दिनु भएको छ ।

 

Facebook Comments Box