चितवन १२ माघ । श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म रोधीं युटुबमा रिलिज भएको छ। निर्देशक घनश्याम लामिछाने निर्देशित चलचित्र आज भन्दा १५ बर्ष अगाडी २०६० सालमा निर्माण भएको निर्देशक लामिछानेले जानकारी दिनु भयो। कुल प्रसाद गुरुङ, भोज बहादुर गुरुङ र होम प्रसाद गुरुङ निर्माता रहेको चलचित्रलाइ हाल अमेरिकाको हलिउडमा बस्दै आएका जसवन्त देब श्रेष्ठले छायांकन र सम्पादन गरेका छन्।
कुल प्रसाद गुरुङ, कुमार विलासी गुरुङ, बिनिता गुरुङ, होम बहादुर गुरुङ, देवीमाया गुरुङ, यम गुरुङ, केश बहादुर गुरुङ, बुद्धि गुरुङ र पुस्पा गुरुङ को अभिनय रहेको सिनेमालाई साठी पैसट्ठि सालतिर निकै चर्चा बटुलेको थियो। सह निर्देसन केश बहादुर गुरुङ र बुद्धि बहादुर गुरुङ को रहेको छ। श्याम शुक्ला फिल्म प्रोडक्सनको अफिसियल युटुब बाट सार्बजनिक सिनेमा मा धन बहादुर गुरुङ को संगीत र नृत्य रहेको छ।

Facebook Comments Box