रत्ननगर १२ माघ । रत्ननगर ६ मा स्थित बछौली माध्यमिक विद्यालयमा यही माघ १६ गते देखि २२ गते सम्म सञ्चालन हुने श्रीमद् भागवत धनधाञ्चल महायज्ञको तयारी तीब्र पारिएको छ । महायज्ञलाई सफल बनाउन प्रचारप्रसार संगै मण्डव तथा स्वागत गेट निर्माण र सरसफाईको काम भइरहेको प्रधानाध्यापक शिवराम मरहठ्ठाले जानकारी दिए । महायज्ञको प्रचारप्रसादको लागि शनिवार मोटरसाइकल ¥याली गरिएको छ । ¥यालीमा करिब १०० वटा मोटरसाइलकले बछौली सौराहा,चित्रसारी झुवानीको परिक्रमा गरेको ¥याली व्यवस्थापन समितिका संयोजक राजेन्द्र धामीले जानकारी दिए । विद्यालयमा अंग्रेजी माध्यममा मावि कक्षा सञ्चालन र व्यवसायिक र प्राविधिक शिक्षाको पढाई सुरु गर्न आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गरिएको मुल समारोह समितिका संयोजक तथा वडा नं ६ का वडा अध्यक्ष वलराम दाहालले बताए । पण्डित बालकृष्ण अर्यालले कथावाचन गर्ने सो महायज्ञमा करिब २ करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको सचिवालय व्यवस्थापन समितिका संयोजक राममणि खनालले जानकारी दिए ।

Facebook Comments Box