धुर्वराज खनाल 
खैरहनी ११ माघ । खैरहनी नगरपालिका ६ तुलसीपुरका पुरन चौधरीले आफुले लगाएको तरकारीले मुल्य नपाएपछि नष्ट गरिदिएका छन् । उनले डोजरकै प्रयोग गरेर वन्दा र मुला लगाएको जग्गा खाली गराएका हुन् । करिव १६ कठ्ठामा लगाएको वन्दा र मुला चौधरीले विहीवार डोजर लगाएर खाली गराएका हुन् । तरकारीले मुल्य पाउँछकी भनेर कुरेर वसियो चौधरीले भने – २ रुपैया प्रतिकिलो लैजा भन्दा पनि नपाएपछि वाध्यताले डोजर चलाउनु पर्यो । त्यसबाट उनलाई करिव ७ लाख बरावरको क्षती पुगेको छ । वन्दा र मुलाले प्रति किलो १० रुपैया मात्रै पाएको भए पनि करिव ६,७ लाख रुपैया आम्दानी हुने चौधरीले वताए । उनले करिव ५ विगाहा क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । अझै १० कठ्ठामा वन्दा वाँकी छ । एक साता कुर्ने र त्यसले पनि मुल्य नपाएर जग्गा खाली गराई अर्को तरकारी खेती गर्ने चौधरीले वताए । उनको हजुरबुवादेखी तरकारी खेतीमा आवद्ध छन् । तर पहिलो पटक यस्तो समस्या परेको उनले सुनाए । वन्दा लगाएको जग्गा खाली गराएपछि बोडी,भेन्टा लगाउने तयारी गरेका छन् । उनले वन्दा,काउली,भेन्टा,केराउ,खुर्सानी,आलु,राजमा,बोडीको खेती गर्दै आएका छन् ।

Facebook Comments Box