खैरहनी १० माघ । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनामा करिव साँढे ४ करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखी पुष मसान्त सम्म ४ करोड ४२ लाख २९ हजार ४६८ रुपैया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलका अनुसार सवैभन्दा वढि घर जग्गा रजिष्ट्रेसनबाट राजस्व संकलन भएको छ । पुष सम्म १ करोड ७० लाख रुपैया घर जग्गा रजिष्ट्रेसनबाट राजस्व संकलन भएको उनले वताए । सो शिर्षकमा २ करोड आम्दानी गर्ने लक्ष्य छ । यो अवधिमा एकिकृत सम्पती कर ९७ लाख ५६ हजार संकलन भएको छ । यो वर्ष १ करोड ४० लाख एकिकृत सम्पती करबाट राजस्व संकलन गर्ने नगरपालिकाको लक्ष्य छ । व्यवसाय रजिष्ट्रेसनबाट ३८ लाख ९५ हजार,नक्सापास दस्तुरबाट २० लाख ७४ हजार,भुमीकर÷मालपोतबाट २२ लाख ५३ हजार,सिफारिस दस्तुरबाट १५ लाख ५१ हजार,घरवहाल कर १२ लाख ६० हजार,अन्य दस्तुर २६ लाख ५६ हजार रुपैया संकलन भएको प्रशासकीय अधिकृत पौडेलले वताए । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा ७ करोड १९ लाख ९५ हजार रुपैया आन्तरीक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिकाका मेयर लालमणी चौधरीले वताए । चालु आर्थिक वर्षको ६ महिनामै आधा भन्दा वढि राजस्व संकलन भईसकेकाले लक्ष्य पुरा हुने मेयर चौधरीले वताए ।

 

Facebook Comments Box