दुई वर्ष अघि भत्किएको बकुलहर–जुटपानी, शक्तिखोर–सिद्धि सडक मर्मत नभएपछि स्थानिय आन्दोलित


विकाश पौडेल
रत्ननगर ८ माघ । पूर्वी चितवनको बकुलहर–जुटपानी, शक्तिखोर–सिद्धिसम्मको सडक मर्मत नहुँदा सास्ती खेपेका स्थानीयहरु आज रत्ननगरको जमुनापुरमा विरोधमा उत्रिएका छन् ।
करिब दुई वर्ष पहिले भत्किएको सडक हालसम्म पनि मर्मत नगर्दा धुलोको कारण स्थानीयहरुलाई समस्या भएको भन्दै रत्ननगर नगरपालिका वडा न। १२का स्थानीयहरुले सडक अवरुद्ध गर्दै विरोधमा उत्रिएका हुन् । यस क्षेत्रमा धुलो उड्दा दिउँसै सवारी दुर्घटना भई मानवीय क्षति हुने सम्भावना समेत बढ्दै गएको छ ।
सडकमा खाल्डाखुल्डी हुँदा समेत मर्मतमा नगरपालिकाले कुनै पहल नगर्दा र सडक वनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यालयले कुनै चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । दुर्घटना बढ्न थालेको समयमा सडक मर्मतको प्रयास नगरी धुलो कम गर्न भन्दै नगरपालीकाले आज सडकमा ग्रावेल थुपारेर जिग ज्याक बनाएको छ । यस कारण पनि यस सडक खण्डमा यात्रा गर्दा जोखिम मोल्नु पर्ने भएको छ ।
यसै विषयमा वडा कार्यलयले पनि खासै चासो नदेखाएको स्थानीय वासीले बताएका छन् । केहि समय अघि स्थानीयले पैसा उठाएर वाटोमा पानीहाल्ने गरेको र त्यो पैसा अहिले सम्म पनि वडा कार्यलयले र नगरपालीका वाट प्रप्ता नभएको भन्दै स्थानीयले धुलोका कारण धेरै समस्या भोग्नु परेको र कति पयलाईत श्वासप्रश्वासको समस्या समेत देखा परेको वताएका छन् ।


यता वडा नं. १२ का अध्यक्ष विर बहादुर पाख्रीनले यस विषयमा नगरपालीका संग पनी पटक पटक कुराकानि गरेको र भुकम्प पछि प्राधिकरणले हेर्ने भएको कारण आफुले केहि गर्न नसकेको तर आफनो क्षेत्रवाट पहल गरेको वताउनु भएको छ ।
यता नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाश चन्द्र ढुंगानाले भने नगरपालीकाले नहेर्ने भएको कारण उक्त सडक खण्डको वारेमा जानकारी नभएको र आफुले केहि भन्न नसक्ने वताउनु भएको छ ।
उक्त सडक खण्ड निमार्णको लागि बाईस करोड एकासी लाख अठार हजार सत्ततर रुपयामा श्री स्वच्छन्द निर्माण सेवा प्रा।लि काठमाण्डौंले ठेक्का पाएको र आगामि वर्ष कात्तिक सम्ममा पुरा गर्न सम्झौतामा रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →