सुजिता हमाल

चितवन ३०, पुष  । पूर्वी चितवनको रत्ननगर एक बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज रत्ननगरमा सम्पन्न भएको छ ।

वार्षिक साधारणसभा प्रदेश तीनका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गदै मन्त्री लामाले देशलाई समृद्धिको मार्गमा जान सहकारीले महत्वपूर्णभुमिका खेल्ने बताउनुभएको छ ।

मन्त्री लामाले समृद्ध र सुखी नेपाल निर्माणको लागी सहकारीको विशेष भुमिका रहने बताउनुभयो । सहकारीलाई आय आर्जन हुने क्षेत्रमा लगानी गर्न आग्रह गदै मन्त्री लामाले सामुहिक लगानीको लागी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

सहकारीको नाममा भ्रष्टचार जस्ता विकृती बढेको भन्दै अनुशासन र इमानदारितापूर्वक सहकार्य गर्न आवश्यक रहेको मन्त्री लामाको जोड थियो । यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रदेश तीनका प्रदेश सांसद कञ्चन खनालले सहकारीमार्फत संकलन भएको रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद खनालले सहकारीले महिला र युवालाई उद्यमी बनाउने, कृषकहरुलाई व्यवसायीकीकरणतर्फ लैजाने बताउनुभएको थियो ।

सहकारी क्षेत्रमा महिलाको सहभागिता तीब्र रहनु पर्ने सांसद खनालको भनाई थियो । कार्यक्रममा संस्थाका अध्यक्ष यमन भुषालले निति तथा कार्यक्रम,संस्थाका सचिव मोहदत्त पौडेल सुरजले २०७४÷७५ को वार्षिक प्रतिवेदन,कोषाध्यक्ष किशोर चालिसेद्धारा आर्थिक प्रतिवेदन२०७५ तथा २०७५÷०७६को लागी अनुमानित आय व्यय विवरण प्रस्तुत गरिएको थियो भने लेखा समितिका संयोजक रामचन्द्र देवकोटाले २०७४÷७५ को लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा उत्कृष्ट बचत कर्तातर्फ अनिरुद्र गौतम,विष्णुप्रसाद अधिकारी,गणेश पाध्य पौडेल,असल ऋणीतर्फ सुरेन्द्र महतो,सबिन मानान्धर,टीकाराम पौडेल,जेष्ठ सेयर सदस्य भवदत्त लामिछाने,नयाँ सक्रिय सेयर सदस्यतर्फ टुका आचार्यलाई सम्मान गरिएको हो ।

त्यस्तै गरि २०७४ सालको एस ई.ईमा उत्कृष्ट अंक ल्याउने छात्र प्रियसु सुवेदी,छात्रा सुस्मा पौडेललाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा अविना गौतमलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जनजागृति सहकारी संस्थाका अध्यक्ष रमाकान्त पौडेल,उज्जवल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रितु गिरी,संस्थाका सेयर सदस्य,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष मेघनाथ पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष यमन भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box