काठमाडौ २५ , पुस । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा आज दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी कोनोबीच आज अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बताउनुभयो । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्ने सम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुने पनि बताईएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रसमकक्षी कोनोबीच आज दिउँसो हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौता हुने जनाइएको छ । नेपाल–जापान सिधा उडान प्रारम्भ हुने वित्तिकै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन थप सहयोग पुग्ने सरकारको अपेक्षा छ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग सम्बन्धि परामर्श संयन्त्र निर्माण हुनेछ । परामर्श संयन्त्र निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ । मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री ज्ञवाली र उहाँका जापानी समकक्षी कोनो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार, प्रविधि हस्तान्तरण, गरीबी निवारण, जलवायु परिवर्तन, सूचना प्रविधि, पर्यटन, विपद व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।

Facebook Comments Box