चितवन पुस २०। चितवनको खैरहनी नगरपालिका १२ घोग्रेलामा जंगली हात्तीले घरको सटरनै भत्काएर धान नष्ट गरेको छ । स्थानीय राजु दराईको घरको सटर भत्काएर जंगली हात्तीले शुक्रवार विहान करिव ७ क्वीन्टल धान नष्ट गरेको हो ।

खैरहनी नगरपालिका ११ र १२ मा डेढ सातादेखी जंगली हात्तीले आतंक मच्चाईरहेको छ । शुक्रवार विहान करिव तीन वजेतिर चितवन निकुञ्जबाट आएको हात्तीले सटर फोडेर भण्डारण गरेको धान नष्ट गरेको राजुकी श्रीमती गिता दराईले जानकारी दिईन् ।

हात्तीले सटरनै फोडेर धान नष्ट गर्दा चुपचाप वस्नु शिवाय अरु नभएको उनले सुनाईन् । दुई दिन अघि मात्रै खैरहनी ११ मा नवराज उप्रेतीको वंगुर खोर र घरमा सोही हात्तीले क्षती पुर्याएको थियो भने प्रत्येक दिन खाद्यवाली खाने र मडारेर नष्ट गर्ने गरेको छ ।

कुमरोज सामुदायिक वनका अध्यक्ष हिरा वहादुर गुरुङले जंगली हात्तीको आतंक वढ्दै जाँदा मानविय क्षतीको खतरा रहेको वताए । कुमरोज वन सिमानामा विद्युतिय तार जडान गरिएपनि हाल सुचारु अवस्थामा छैन् ।

Facebook Comments Box