संजय दुवाडी

रत्ननगर २० पौष । हिन्दुहरुले मनाउदै आएका चाडपर्बहरुमा बिदा नदिएको भन्दै ब्राह्मण समाज नेपाल भरतपुर १० ले सरकारको ध्यानाकर्षण गराएको छ ।
८० प्रतिशत हिन्दु भएको नेपालमा बिदा नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
सरकारले देशमा रहेका अल्पसंख्यक तथा अन्यको सार्बजनिक बिदा थप गरि हिन्दुहरुको भाबना प्रति ठेस पुर्याएको समाजका अध्यक्ष मिलन दिप पौडेलद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा जनाइएको छ ।
समाजका अध्यक्ष मिलन दिप पौडेलद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा सरकारले मनोमानी ढंगले मुलुकमा रहेका अल्पसंख्यक तथा अन्यको सार्बजनिक बिदा थप गरि हिन्दुहरुको भाबना प्रति ठेस पुर्याएको भन्दै बिरोध जनाइएको छ ।
सरकारले केहि दिन अघि थप गरेको सार्बजनिक बिदामा कृष्ण जन्माष्टमी,राम नवमी,घटस्थापना,बडा दशैँ द्वादशी,कोजाग्रत पुर्णिमा र जनै पुर्णिमाको बिदा समाबेश गरिएको छैन ।
२०७६ सालमा अनिवार्य लागू गर्न समाजले जोडदार माग गरेको छ । माग सम्बोधन नभए कडा बिरोधका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।

Facebook Comments Box