काठमाडौ १८, पुस । कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै आएका कर्मचारी सँग सरकारले आज पनि वार्ता गर्ने भएको छ । आन्दोलनजारी राखेका कर्मचारीलाई सहमतिमा ल्याउन हिजोको वार्ता असफल भएपछि आज पनि वार्ता हुन लागेको हो । संघीय सरकार र निजामती कर्मचारी बीच हिजो भएको वार्ता सकारात्मकरुपमा अगाडि बढेको मन्त्रालयले जनाएको छ । आज औपचारिकरुपमा सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको बताइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शुरेश अधिकारीले छलफल सकारात्मक रुपमा अगाडी बढीरहेको बताउनुभयो । तर सहमति नभए सरकार कारवाही गरेर भएपनि समायोजन प्रक्रिया अगाडी बढाउने उहाँले बताउनु भयो । आज सहमति गरेर बुदाँगत रुपमा लिखित सहमति गर्ने तयारी छ । निमाजती कर्मचारीको आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले निजामती टे«ड युनियनले राखेका १३ वटा मागमध्ये सरुवाका विषयमा बाहेक अन्य सबै विषयमा सहमतिको वातावरण बनेको जानकारी दिनुभयो ।

Facebook Comments Box