चितवन पुष १७ । राष्ट्रिय खेलकुद परिषदले नेपाल हात्ती खेल संघ गठन गरेको छ । जसको अध्यक्षमा चितवन रत्ननगरका सुमन घिमिरेलाई मनोनयन गरिएको छ । घिमिरेको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

राखेपको पुष ७ गतेको निर्णय अनुसार हात्ती खेल संघ गठन गरि जिम्मेवारी तोकिएको छ । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम श्रेष्ठ,उपाध्यक्षहरुमा दिपक भट्टराई र योगेश अधिकारी ,महासचिवमा राममणी खनाल, सचिवमा दिपेन्द्र श्रेष्ठ ,कोषाध्यक्षमा वविता चौधरी छन् । पदाधिकारी सवै चितवन सौराहाका होटल तथा पर्यटन व्यवसायी हुन् । त्यस्तै सदस्यहरुमा टिका गिरी,ठाकुरमान श्रेष्ठ,केशव आचार्य,भुपालदास श्रेष्ठ ९घर गोर्खा हाल वर्दिया ० ,ज्ञानेन्द्र श्रेष्ठ ९घर काठमाडौ हाल वर्दिया० तथा राखेपबाट २ जना प्रतिनिधी,जिल्ला प्रशासन कार्यालय चितवनबाट १ जना प्रतिनिधी,चितवन राष्ट्रिय निकुञ्जबाट १ जना र निजी हात्ती धनीबाट १ जना प्रतिनिधी रहने गरी समिति गठन भएको हो ।

नेपाल हात्ती खेल संघ गठन भएसंगै चितवन हात्ती महोत्सवमा हुने हात्तीका खेलहरुले राष्ट्रिय मान्यता प्राप्त गरेको तदर्थ समितिका अध्यक्ष सुमन घिमिरेले वताए । आगामी तीन महिना भित्र अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गरिने पनि उनले जानकारी दिए । नेपालमा चितवनसहित वर्दिया,पर्सा,नवलपुर जिल्लामा घरपालुवा हात्ती पाईन्छ । नेपालभर करिव २ सय वटा घरपालुवा हात्ती रहेका छन् ।

Facebook Comments Box