चितवन, १७ पुस । मुलुकको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गरिएको छ ।
निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा एक भव्य समारोहका विच प्लाष्टिक मुक्त अभियान शुभारम्भसंगै निकुञ्जलाई प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गरिएको हो ।
प्रदेश सभासद तथा वातावरण समितिकी सभापति रमा आले मगर, प्रदेश सभासद कृष्ण भुर्तेलसहित निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालको टोली प्लाष्टिक मुक्तका बारेमा जानकारी मुलुक वोर्ड टागेर संयुक्त रुपमा प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गरेका थिए ।
सो अवसरमा बोल्दै सभापति आले घोषणलाई घोषणमा सिमित नराखेर दिगो रुपमा कार्यान्वयन गराउन सुझाव दिईन् ।

 

योसगैँ निकुञ्ज भित्र प्लाष्टिकका झोला नलगी, लगेमा प्लाष्टिकका बोतल फिर्ता ल्याउने र अन्य प्लाष्टिकजन्य वस्तु तोकिएको स्थानका डस्टविनहरुमा राख्नका लागि निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले अपिल गरेका छन् ।

कार्यक्रममा संरक्षण अधिकृत बेदकुमार ढकालले प्लाष्टिक मुक्त क्षेत्र घोषणा कार्यक्रमको चुनौती र चरणहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने हिमालायन क्लाइमेट इनिसिएटिभकी सिईओ शिसिला आचार्यले प्लाष्टिकले जीवजन्तुमा पारेको असर र विश्वमा भईरहेको नियन्त्रणका प्रयासहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार प्लाष्टिकले वन र वन्यजन्तुमा नकारात्मक असर परेपछि झण्डै दुई वर्षयताको गृहकार्य गरी प्लाष्टिक मुक्त निकुञ्ज घोषणा गरिएको स्पष्ट पारे ।

सो पश्चात निकुञ्ज प्रवेश गर्ने जो कोहिले प्लाष्टिकजन्य वस्तु लैजानु पर्दा दर्ता गराएर मात्रै लैजान पाउने छन् । फर्किदा भित्र लगेको प्लाष्टिकजन्य वस्तु बाहिर ल्याउनुपर्ने छ । यसका लागि सिमित रकम धरौटीको रुपमा राख्नुपर्ने व्यवस्था गरिँदै छ । मानव स्वास्थ्यमा असर पार्ने प्लाष्टिकमा राखिएका खाद्यान्न लैजान प्रतिवन्ध लगाइने भएको छ । सुरक्षा पोष्टमा कपडाका झोला राखेर निकुञ्ज प्रवेश गर्नेको सामग्री सोही झोलामा राखेर पठाउने व्यवस्था पनि गरिँदै छ । प्लाष्टिक मुक्त निकुञ्ज अभियानलाई सफल बनाउन कोका कोला, हिमालायन क्लाइमेट इनिसिएटिभ, राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लु डब्लु।एफ नेपालले सहकार्य गरेको छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभासद रामलाल महतो, संघीय वन तथा वातावरण मन्त्रालयका सचिव डा।विश्वनाथ ओली, त्ननगर नगरपालिकाका मेयर नारायण वन, राष्ट्रिय प्रकृति संरक्षण कोषकी निर्देशक सरिता ज्ञवाली, विश्व वन्यजन्तु कोषका प्रतिनिधि डा।घनश्याम गुरुङ, तराई बोटलर्स नेपाल लिमिटेडकी प्रतिनिधि एरिना गुरुङ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष केशव देवकोटा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा लगायतले निरन्तर रुपमा यो अभियान स्थापित गराउन सुझाव दिए ।

Facebook Comments Box