चितवन १३ पुष । नेपाल ह्याचरी उद्योग संघ चितवनको अध्यक्षमा ज्ञानवहादुर विसुराल चयन भएका छन् । संघको शुक्रवार भरतपुरमा भएको १७ औं साधारण सभाबाट विसुरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । विसुराल दोश्रो कार्यालयका लागि सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा परशुराम अधिकारी,सचिवमा मनोज रानाभाट,कोषाध्यक्षमा शिवराज उप्रेती र सहसचिवमा पुरु खनाल निर्वाचित भए । सचिव र कोषाध्यक्षमा भने मतदाननै भएको थियो । मतदानबाट रानाभाट र उप्रेती निर्वाचित भएका हुन् । सचिवमा निर्वाचित रानाभाटले ५६ मत तथा उनका प्रत्यासी विष्णु प्रसाद पौडेलले २९ मत पाए । त्यस्तै कोषाध्यक्षमा निर्वाचित उप्रेतीले ५३ तथा उनका निकटतम प्रतिद्धन्द्धी वलराम सापकोटाले ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । तारानाथ कुँवर,हरिकृष्ण खनाल,घनश्याम पौडेल,सुनिल ढकाल,दिपेश श्रेष्ठ,राजकुमार चौहान र प्रकाश अधिकारी सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । निर्वाचित समितिको पदावधि २ वर्षको रहनेछ । नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय अध्यक्ष गुणचन्द्र विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत,रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन,कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box