हेटौंडा, १३ पुस । शहीद स्मृति बहुमुखि क्याम्पस अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा आज बनभोज कार्यक्रम गरिएको छ । मकवानपुरको शहीद स्मारक हेटौडामा आयोजना गरिएको उक्त बनभोज कार्यक्रममा प्रदेशन नं ३ का प्रदेश सांसद कृष्ण खनालको प्रमुख आतिथ्यतामा भएको हो ।
अखिल क्रान्तिकारीका जिल्ला सदस्य सुवास रेग्मिीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सांसद कन्चन खनाल विशिष्ट अतिथि रहनुभएको थियो ।
वनभोज कार्यक्रमका संयोजक राजेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष विजय गौतम,जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटी,रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन,रत्ननगर उवा संघका अध्यक्ष राजाराम रेग्मी , क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष इश्वरी अर्याल,सहायक क्याम्पस प्रमुख राम प्रसाद सिलवाल, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सरोज भण्डारी, वाईसियल जिल्ला सह संयोजक गणेश पौडेल, पुर्व पार्टि केन्द्रिय सदस्य प्रदिप वञ्जरा, अखिल क्रान्तिकारीका रत्ननगर संयोजक विकाश पौडेल, विध्यार्थी नेता एवं युवा समाजसेवी अमृत वस्ती , विध्यार्थी नेता सरोज तिमल्सिना,वाईसियल रत्ननगर उपाध्यक्ष सुवास मिश्र विशेष अतिथि रहनुभएको थियो ।

 

Facebook Comments Box