चितवन,सौराहा १२, पुस । चितवनको पर्यटकीय नगरी सौराहामा हिजो देखि सुरु भएको १५ औं संस्करणको चितवन हात्ती महोत्सवमा आज हात्तीलाई वनभोज खुवाइदै छ । क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको महोत्सवको दोश्रो दिन आज हात्तीलाई बनभोज खुवाउन लागिएको अध्यक्ष सुमन घिमिरेले जानकारी दिनु भएको छ । वनभोज अन्र्तगत निकुञ्ज र सौराहामा निजी स्तरमा पालेका करिव ९५ वटा हात्तीलाई उखु,तरकारी,फलफुल लगायतका पोष्टिक आहार खुवाइने संघका घिमिरेले वताए । चितवन हात्ती महोत्सवमा अन्र्तगत शुक्रवार हात्ती फाष्ट वाकका वाकी चरण सहित हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता,हात्ती पोलो,हात्ती पेन्टिङ प्रतियोगिता हुने प्रबक्ता दीपक भट्टराईले जानकारी दिनुभएको छ । त्यस्तै सांस्कृतिक कार्यक्रम अन्तर्गत आज मिलन लामा , पशुपति शर्मा, बाल कलाकार ,समृद्धी तिमिल्सिना लगाएत अन्य कलाकार हरु तथा रत्ननगर कला मन्दिर को प्रस्तुति रहने आयोजकले वताएका छन् ।

Facebook Comments Box