चितवन, ११ पुस । १५ औं संस्करणको चितवन हात्ती महोत्सव सुरु भएको छ । संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ रत्ननगर ७ बाघमारा चौरमा आयोजित महोत्सव पुष १५ गते सम्म चल्नेछ । महोत्सवको एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले युनाईटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीलाई फुटबल दिएका हात्तीका छावाहरुविचका रोमाञ्चकारी खेलको समेत उद्धघटन गरेकी थिईन् ।
महोत्सवको पहिलो दिन हात्ती फास्टवाक प्रतियोगिता अन्र्तगत पहिलो चरणको खेल भएको छ ।

पाँच वटा हात्ती समावेश पहिलो चरणबाट ४ वटा हात्ती दोश्रो चरणमा प्रवेश गरेका छन् । नाटाको प्रतिनिधित्व गरेको लक्कीकली,वाह्रखरीको पुजाकली,रुस्लानको रानीमाया कली र न्युज २४ को गुलाफकली दोश्रो चरणमा प्रवेश गरेको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले वताए । पहिलो दिन हात्तीका छावाहरुबीचको मैत्रीपुर्ण फुटवल भएको छ ।
जसमा मेघा वैंकले एमई ट्रायल एण्ड टुर्सलाई १ शुन्यले पराजीत गर्यो । खेलमा मेघा वैंकको तर्फबाट पहिलो पटक फुटवल खेलीरहेकी रिमझिमकलीले गोल गरेकी थिईन् ।

महोत्सवको सास्कृतिक कार्यक्रम अन्र्तगत बुधवार चर्चित लोकदोहोरी गायक मिलन लामा, नेत्रजीपन्त लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । महोत्सवको दोश्रो दिन हात्ती पिकिनिक कार्यक्रम रहेको छ । सो कार्यक्रममा निजी र सरकारी गरी कुल ९५ वटा हात्तीहरु समावेश हुनेछन् ।
हात्तीहरुलाई लस्करै राखी फलफुल,तरकारी लगायतका खानेकुरा दिईनेछ । महोत्सवमा छावाहरुको फुटवल, फास्टवाक, पिकनिकवाहेक हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, संरक्षणमुलक गोष्ठी पनि हुनेछ ।

 

समाचार सौराहा अनलाईन वाट साभार

 

 

Facebook Comments Box