रत्ननगर १० पुस । रत्ननगर १४ पिठुवामा रहेको जनजागृति माध्यमिक विद्यालयले मंगलवार ५६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा बोल्ने बक्ताहरुले गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक विद्यालयको साख जोगाउन जनजागृतिले भूमिका खेलेको भन्दै सो विद्यालयमा प्रशंशा गरिएको थियो । सो विद्यालयमा हाल १३ सय ४८ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक विनोद अधिकारीले जानकारी दिए । कार्यक्रममा प्रदेश साँसद कृष्णप्रसाद खनाल,कञ्चन खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी,मेयर नारायण वन,उपमेयर विमला दुवाडी,वडाध्यक्षहरु हरिकुमार श्रेष्ठ,हुमनाथ लामिछाने र हेमराज थापाले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न मिश्रको अध्यक्षतामा भएको थियो । सो विद्यालय २०१९ सालमा स्थापना भएको थियो ।

Facebook Comments Box