चितवन,सौराहा, १० पुस । चितवनको सौराहामा भोली बुधवार देखि सुरु हुने चितवन हात्ती महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको राष्टपति विद्यादेवी भण्डारीले उद्घाट गर्नेछिन । क्षेत्रीय होटलसंघ सौराहा चितवनले आयोजना गरेको सो महोत्सव सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । महोत्सव अन्तर्गत हात्ती फाष्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता,हात्तीहरुको वनभोज,हात्ती पोलो,हात्ती पेन्टिङ प्रतियोगिता हुने संघका प्रथम उपाध्यक्ष तथा प्रबक्ता दीपक भट्टराईले बताए । हात्ती फाष्टवाकमा २०,पोलोमा ४ टिम,फुटवलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीले सहभागिता जनाउने छन । यस बर्ष महोत्सवको नयाँ कार्यक्रमको रुपमा कवि गोष्ठी समावेस गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनमा १५ गते सम्म महोत्सव सञ्चालन हुने छ । यसैबीच हात्ती महोत्सवमा संरक्षणकर्मी र पर्यटन व्यवसायीलाई सम्मान गरिने भएको छ । महोत्सवको उद्घाटनका अवसरमा २ जना संरक्षणकर्मी र २ जना पर्यटन व्यवसायीलाई सम्मान गर्न लागिएको हो । संरक्षण तर्फ चितवन राष्ट्रिय निकुञ्जका पुर्व सहायक वार्डेन नुरेन्द्र अर्याल र पशु चिकित्सक पुरुषोतम पाण्डे तथा पर्यटन तर्फ अमरमान शाक्य र हरिहर शैजुलाई सम्मान गर्न लागिएको हो । यसैबीच हात्ती महोत्सव हुने स्थलको मंगलवार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,रत्ननगर नगरपालिकाका मेयर नारायण वन,उपमेयर विमला दुवाडी लगायतको टोलीले अनुगमन गरेको छ ।

Facebook Comments Box