महायज्ञ दोश्रो दिन सात लाख संकलन

चितवन, १५ कात्तिक ।   रत्ननगर–१५ माधवपुरमा जारी महायज्ञको दोश्रो दिन करिव सात लाख रुपैया संकलन भएको छ । सो वडामा रहेको आधारभूत विद्यालयको स्तर उन्नती र प्राविधिक शिक्षा सञ्चालनको लागि आयोजना गरिएको महायज्ञको दोश्रो दिन ६ लाख ८९ हजार ४५५ रुपैया संकलन भएको विद्यालयका प्रधानाध्यापक वालकृष्ण ढकालले जानकारी दिए ।

महायज्ञको पहिलो दिन बुधवार २० लाख ५० हजार रुपैया संकलन भएको थियो । विहीवार स्थानीय योगमाया अम्गाईले ३ लाख ३३ हजार ३३३ र नन्दलाल देवकोटाले ५० हजार रुपैया दान गरेको प्रचारप्रसार समितिका संयोजक विजय खनालले जानकारी दिए ।

विद्यालयको माध्यमिक तहको स्तर उन्नती, कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा र कक्षा ११ र १२ मा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि महायज्ञ आयोजना गरिएको विद्यालयका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक रमेशप्रसाद लामिछानेले जानकारी दिए ।

महायज्ञ सम्पन्न गर्न २० लाख खर्च लाग्ने र २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा दैनिक श्रीमदभागवत कथा,एक हजार ८ शालिग्रामको विशेष पुजा आरधाना तथा धार्मिक प्रबचन हुने विद्यालयका प्रधानाध्यापक बालकृष्ण ढकालले जानकारी दिए । महायज्ञमा बाचन पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गर्नेछन् । महायज्ञमा बाचन पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गरिरहेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →