चितवन, १८ असोज । नेपाल महिला संघ भरतपुर महानगरपालिका नगर समितिको आयोजनामा बिहीबार भरतपुरमा शुभकामना आदान प्रदान तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
महिला संघ नगर सभापति शारदा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ प्रमुख अतिथि रहेका थियो । प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, बलराम पौडेल, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह लगायतका व्यक्तिहरुले शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा सहभागीहरुले चौबिसकोठी चोकमा कुचो लगाएर कार्यक्रमको शुभारम्भ गरेका नेपाल महिला संघ नगर समिति सचिव निर्मला पण्डितले जानकारी दिनु भएको छ ।
उनीहरुले चौबिसकोठीबाट वीरेन्द्र क्याम्पस गेट अगाडिसम्म सरसफाई गरेको पण्डितले वताउनु भयो ।