चितवन प्रहरीले ३ महिनामा गरेको कार्य प्रगती विवरण सार्वजनिक

चितवन,१४ भाद्र । चितवनमा प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएपछि प्रहरी उपरिक्षक एसपी शुसिल सिंह राठौरले जिल्ला प्रहरी कार्यालय चितवनको पछिल्लो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।

एसपी राठौरले आज पत्रकार सम्मेलन गरि तीन महिनाको अवधिमा लागुऔषध दुव्र्यसनी, चोरी, गुण्डागर्दी, घरेलु तथा यौन हिंसा, तस्करी र कालो बजारी जस्ता अपराध नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको दाबी गरेका छन् ।

उनले प्रहरीको अभियान सफल बनाउन विभिन्न सुरक्षा रणनीतिहरु अवलम्बन गरिएको जानकारी दिए । सूचना संकलन तथा विश्लेषण, नियमित पैदल तथा मोबाईल गस्ती, विभिन्न नाकाहरुमा आकस्मिक चेकजाँच, सादा पोशाकमा निगरानी, सिसि टिभी निगरानीलगायतका योजनाहरु कार्यान्वयनमा ल्याईएको उनले बताए । उनले नारायणगढको फुटपाथ र सुरक्षा व्यवस्थापनमा प्रहरीले महत्वपूर्ण कदम चालेको समेत दावी गरे ।

साथै प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले मिर्गौला तस्करी गर्ने गिरोह पक्राउ, लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, यौन धन्दा संचालन गर्नेमाथि कारवाही, जुवा तास नियन्त्रण, नदीजन्य वस्तुको अवैध उत्खनन् नियन्त्रण नदीजन्य वस्तुको वन्यजन्तु तस्करी नियन्त्रण, अवैध घरेलु मदिरा नियन्त्रण लगायतका क्षेत्रमा उल्लेखीय काम गरेको जानकारी दिए ।
हेरौँ पूरा विवरण

श्री जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन ।

मिति २०७५/०५/१४ गते ।

       जिल्ला प्रहरी कार्यालय चितवनले विगत ३ महिनामा गरेको कार्य प्रगती विवरण :-

 

     जिल्ला प्रहरी कार्यालय चितवनले “सुरक्षित र शान्त चितवन ” अवधारणा अन्तर्गत सुरक्षाका बिभिन्न नितिहरु अवलम्वन गर्दै आई रहेको छ । यसै क्रममा बिभिन्न अपराधहरू: लागू औषध दुर्व्यसनी, चोरी, गुण्डागर्दि, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करी र कालोबजारी जस्ता अपराध नियन्त्रण गर्न Proactive and Reactive Policing को सिद्धान्त अनुसार 3S Operation (Search, Sweep and Screening Operation) मिति २०७५/०२/०४ गतेबाट कार्यान्वयनमा ल्याईएको छ ।

यो Operation लाई सफल बनाउन चितवन प्रहरीले बिभिन्न सुरक्षा रणनीतीहरू अबलम्बन गर्दै आएको छ । जसमा: सुचना संकलन तथा विश्‍लेषण, नियमित पैदल तथा मोबाईल गस्ती र पट्रोलिङ्ग, जिल्ला प्रवेश गर्ने नाकाहरूमा नियमित तथा आकस्मिक चेकजाँच, सादा पोशाकमा निग्रानी, शंकित व्यक्ति र स्थानको चेकजाँच र खानतलासी, रातको समयमा सादा पोशाकमा Ambushing, VIP, VIP आवास तथा प्रतिष्ठानहरूमा विशेष सुरक्षा, बजारक्षेत्र तथा व्यबसायीक प्रतिष्ठानहरूमा नियमित CCTV निग्रानी, सुन्दर र सभ्य सडक निर्माणका सन्दर्भमा फुटपाथ तथा अटोरिक्सा व्यबस्थापन, Drink and Drive नियन्त्रण गर्न मा.प.से. चेकिङ्ग, RSCC Checking (Road Safety Check Point Concept), QRT( Quick Response Team), RRT( Rapid Response Team), MRT( Medical Response Team) एवम् सुरक्षा निकायहरू विच समन्वय तथा सुचनाको आदानप्रदान जस्ता कार्यहरू प्राथमिकताका साथ अवलम्बन गरिएको छ ।

 

3S Operation (Search, Sweep and Screening Operation) प्रभावकारी कार्यान्वयनमा आए पश्‍चात हाल सम्म यस जिल्ला प्रहरी कार्यालय चितवनबाट सम्पादन भएका उल्लेखनिय कार्य तथा उपलव्धीहरु निम्नानुसार रहेको छ ।

निम्न-

3S Operation (Search, Sweep and Screening Operation) संचालन भए देखि (मिति २०७५/०२/०४ गते देखि) हाल सम्म आपाराधिक कृयाकलापमा संलग्न तथा समाजमा बिकृती बिसंगती फैलाउने १७६४ जनालाई नियन्त्रणमा लिईएको, सो मध्ये ४५३ जनालाई बिभिन्न मुद्दा शिर्षकमा मुद्दा चलाईएको, अन्यलाई अनुसन्धान पश्‍चात आफन्तको जिम्मा लगाई छाडिएको तथा केहीलाई नियमित निग्रानीमा राखिएको ।

 

गुण्डागर्दी नियन्त्रण –

  1. समाजमा अशान्ती, डरत्रास र भय सृजना गरी गुण्डागर्दी गर्ने, व्यवसायीहरुलाई धम्क्याई रकम असुल गर्ने जस्ता कृयाकलापमा संलग्न अन्य ३७ जनालाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिएको ।

 

लागु औषध नियन्त्रण –

  1. मिति १०७५/०२/१९ गतेका दिन राप्ती न.पा.वडा नं.१ महादेवटार स्थित सुरदेवी सामुदायिक वन जङ्लमा लुकाई राखेको अवस्थामा ५० किलो प्रतिबन्धित लागु औषध गाँजा फेला पारी बरामद गरेको ।
  2. मिति २०७५/०२/२७ गतेका दिन भरतपुर म.न.पा.वडा नं.१० स्थितबाट BR 06 P 0732 नं.को भारतीय टाटा सुमो गाडी र सो गाडीको ढोकाहरुमा फल्स बटम बनाई सो फल्स बटम भित्र पत्रिका र प्लाष्टिकले बेरी टेपले बाँधि बण्डल बनाई  लुकाई राखेको अवस्थामा १२ बण्डलमा जम्मा तौल १९ किलो २०० ग्राम लागु औषध गाँजा बरामद गरिएको।
  3. लागु औषध दुर्व्यसनी यस चितवन जिल्लाको मुख्य समस्याको रुपमा देखा परेको हुँदा सो लाई नियन्त्रण गर्ने क्रममा प्रतिवन्धित लागु औषध उत्पादन, खरिदबिक्रि, सेवन, ओसारपसार तथा संचय गर्ने कार्यमा संलग्न ३४ पुरुष र १ महिला समेत गरी जम्मा ३५ जनालाई पक्राउ गरी छुट्टाछुट्टै २४ वटा मुद्दामा कारवाही गरिएको, जसमा लागु औषध डाईजेपाम ५४० एम्पुल, व्युप्रिनर्फिन ५३७ एम्पुल, फेनारगन ५३७ एम्पुल, नाईट्राजेपाम २२५३ ट्यावलेट, स्पास्मो प्रोक्सिभन ४८ क्याप्सुल, फेन्सिडिल १२०० ml, गाँजा ७६ किलो बरामद गरिएको ।
  4. मिति २०७५/०२/१८ गतेका दिन जिल्ला कालिकोट भटा ४ बस्ने बर्ष २४ को भुवन अधिकारीलाई खानतलासी गर्दा निजले अबैध कारोबार गर्न लुकाई राखेको भुमिन ११,१७० ट्याब्लेट, ट्रामा ११,१००, ट्रामा ११,४२० ट्याब्लेट, औषधी बिक्री गर्नको लागी तयारी बनाएको झोला ५० थान र नगद रू.१०,०००/- फेला पारी बरामद गरी औषधी व्यवस्थापन बिभाग शाखा कार्यालय बीरगञ्जलाई बुझाईएको ।

 

फरार अपराधी/अभियुक्त पक्राउ-

  1. बिभिन्न अपराधमा संलग्न रही फरार रहेका २४ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि चितवन जिल्ला अदालत तथा सम्बन्धित निकायमा बुझाईएको ।

 

यौनधन्दा संचालन गर्ने उपर कारवाही –

 

  1. जिल्ला प्रहरी कार्यालय चितवनले “सुरक्षित र शान्त एवं सामाजिक बिकृती रहित चितवन ” को अवधारणा अन्तर्गत सँचालित 3S Operation (Search, Sweep and Screening Operation) अन्तर्गत बिभिन्न मितिमा समाजमा सामाजिक बिकृतीजन्य कार्य गर्ने १९ जना पुरुष र ८ जना महिला एवं होटल संचालक २ जना गरी २९ जनालाई आवश्‍यक कारवाही गरिएको ।

 

जुवातास नियन्त्रण-

  1. मिति २०७५/०२/३१ गतेका दिन व्यवसायिक जुवा तास संचालन गर्ने उद्देश्यले यस कार्यालयमा उपस्थित भई कार्यालय प्रमुखलाई प्रलोभन देखाउने कार्य गरेका एक जनालाई पक्राउ गरी कानूनी कारवाही गरिएको ।
  2. मिति २०७५/०४/१७ गतेका दिन रत्ननगर न.पा.वडा नं.१५ माधवपुरबाट जुवातास खेल्ने ५ जनालाई पक्राउ गरी जुवा खेल्ने प्रयोग भएको तास र नगद रु.३५२५/- (तीन हजार पाँच सय पच्चीस रुपैया) समेत बरामद गरी जुवा मुद्दामा कारवाही गरिएको ।
  3. मिति २०७५/०४/१९ गतेका दिन भरतपुर म.न.पा.वडा नं.३ लङ्कुबाट जुवातास खेल्ने ५ जनालाई पक्राउ गरी जुवा खेल्ने प्रयोग भएको तास र नगद रु.५१,१३० (एकाउन्न हजार एक सय तीस रुपैया) समेत बरामद गरी जुवा मुद्दामा कारवाही गरिएको ।

 

बन्यजन्तु तस्करी नियन्त्रण-

  1. मिति २०७५/०४/०१ गते दिउँसो अं.१७:०० बजेको समयमा जिल्ला चितवन ईच्छाकामना गाउँपालिका वडा नं.५ मुग्लिङ बजारबाट जिवित सालक र सो सालक तस्करमा संलग्न जिल्ला पाल्पा बगनास गाउपालिका वडा नं.३ बस्ने बर्ष ३५ को प्रेम बहादुर थापा र जिल्ला गोरखा आरुघाट गाउँपालिका वडा नं.६ बस्ने बर्ष २८ को टेक बहादुर गुरुङलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय चितवनमा बुझाईएको ।

अबैध घरेलु मदिरा नियन्त्रण-

  1. चितवन जिल्लालाई घरेलु मदिरा मुक्त बनाउने उद्देश्य साथ शुरु गरिएको अभियान अन्तर्गत हाल सम्म बिभिन्न स्थानबाट १८,५०० लिटर घरेलु मदिरा, ११,१०० लिटर बराबरको घरेलु मदिराजन्य कच्चा पदार्थ र घरेलु मदिरा उत्पादन गर्ने भाडावर्तन बरामद गरी नष्ट गरिएको, जसमा घरेलु मदिरा उत्पाउन तथा बिक्रिबितरणको लागि ओसारपसार गर्ने ४ जनालाई कारवाहीको लागि आन्तरिक राजश्‍व कार्यालय भरतपुरमा बुझाईएको ।

अबैध भन्सार चोरी पैठारी नियन्त्रण –

  1. मिति २०७५/०२/२४ गतेका दिन माडी न.पा.वडा नं.९ मा सवारी चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याएको अनुमानित मुल्य रु.३,२८,०००/- बराबरको लत्ताकपडा बरामद गरी कारवाहीको लागि भन्सार कार्यालय पर्सा बीरगंजमा बुझाईएको ।
  2. मिति २०७५/०४/०५ गतेका दिन भरतपुर म.न.पा.वडा नं.३ कमलनगरबाट भन्सार छली ल्याएको अनुमानित मुल्य रु.५४,९००/- बराबरको लत्ताकपडा बरामद गरी कारवाहीको लागि भन्सार कार्यालय पर्सा बीरगंजमा बुझाईएको ।
  3. मिति २०७५/०४/२८ गतेका दिन भरतपुर म.न.पा.वडा नं.१ पुल्चोकबाट भन्सार छली ल्याएको अनुमानित मुल्य रु.१,१५,०००/- बराबरको लत्ताकपडा बरामद गरी कारवाहीको लागि भन्सार कार्यालय पर्सा बीरगंजमा बुझाईएको ।

चोरी नियन्त्रण-

  1. मिति २०७५/०२/०६ गतेका दिन भरतपुर म.न.पा.वडा नं.१० चौविसकोठीमा रहेको बिश्‍वास एण्ड कम्पनीबाट बैंकमा जम्मा गर्न भनि लिई गएको नगद रु.२३,२५,०००/- (तेईस लाख पच्चीस हजार रुपैया) लिई फरार भएका सोही कम्पनीका कर्मचारी नवलपरासी गैडाकोट न.पा.वडा नं.४ कुसुमचोक बस्ने बर्ष ३५ को अर्जुन ढकाललाई मिति २०७५/०३/१४ गतेका दिन सुनसरी जिल्लाको धरानमा लुकीछिपी बसेको अवस्थामा फेला परेकोमा ईलाका प्रहरी कार्यालय धरान संग समन्वय गरी लिई गएको रकम फिर्ता गरी आवश्‍यक कानूनी कारवाही गरिएको ।
  2. मिति २०७५/०३/०९ गते बिहान राती भरतपुर म.न.पा.वडा नं.१ नारायणगढ शहिदचोमा रहेको हाम्रो ईलेन्ट्रोनिक्सबाट बिभिन्न किसिमका घडी, मोवाईल र नगद समेत गरी जम्मा विगो रु.३०,८०,०००/- बराबरको चोरी भएकोमा भारतको घोडासान प्रहरी संग समन्वय गरी चोरी गर्ने व्यक्ति पत्ता लगाई चोरी गरेको धनमाल सहित पक्राउ गरिएको, निजलाई नेपाल ल्याउने तर्फ आवश्‍यक पहल भई रहेको ।
  3. बिगत केही समय देखि भरतपुरको बिभिन्न स्थानहरुमा दिउँसै घरको ताला फुटाई नगद तथा सुनका गरगहना चोरी गर्ने जिल्ला मकवानपुर थाहा न.पा.वडा नं.७ बस्ने बर्ष ३२ की सरिता भनिने शोभा बि.क.लाई पक्राउ गरी निजले चोरी गरी लगेको सुनका गरगहना खरिद गर्ने २ जना र बिक्री गर्न सहयोग गर्ने १ जनालाई समेत पक्राउ गरी चोरी गरी लगेको सुन समेत बरामद गरी छुट्टाछुट्टै पाँच वटा मुद्दा दर्ता गरी कारवाही गरिएको ।

 

 

सरिता भनिने शोभा बि.क.ले चोरी गरेको धनमालको बिवरण –

 

 

 

सि. नं. चोरी भएको मिति, समय, स्थान र धनीको नाम सुनचाँदी परीमाण चोरी गरेको बिगो रकम
1. मिति २०७४/१०/०३ गते १२ बजे, भरतपुर-१० चित्रसेनमार्ग स्थित केवल बास्तोलाको डेरा कोठाबाट सुन १७.८० तोला, चाँदी १०.५ तोला । रु.९,९५,१००/-
2. मिति २०७५/०१/१२ गते दिनको १२ बजे, भरतपुर -१० सप्‍तगण्डकीचोक स्थित दिक्षा भन्ने ओतीमाया थापाको डेराकोठाबाट ८ तोला ९६ लाल सुन, २ तोला चाँदी रू. ५,८०,६२०/-
3. मिति २०७५/०३/१२ गते दिनको १४ बजे, भरतपुर-१० कोहीमार्ग स्थित शिला खड्काको डेराकोठाबाट । २१ तोला सुन । रू.१२,००,०००/-
4. मिति २०७५/०४/०८ गते दिनको १३ बजे, भरतपुर-१० लाहुरेटोल स्थित सुरेन्द्र श्रेष्ठको डेराकोठाबाट ११ तोला ५० लाल सुन, ५ तोला चाँदी रू. ७,२६,०००/-
5. मिति २०७५/०१/२६ गते, दिनको १२ बजे, भरतपुर १० कटहरचोक स्थित हेम कुमारी डेराकोठाबाट । ९ तोला ५५ लाल सुन रु.५,५९,१९४/-
       जम्मा सुन ५८ तोला ८१ लाल, चाँदी १७.५ तोला । रू. ४०,६०,९११४/-

 

  1. मिरि २०७५/०४/३० गते राती ०३:०० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.७ तेह्रसालचोकमा रहेको दिवश ईन्टरप्राईजेज प्रा.लि.बाट नगद, मदिरा, रिचार्ज कार्ड समेत गरी जम्मा बिगो रु.१,३३,९००/- बराबरको धनमाल चोरी भएकोमा सुक्ष्म रुपले अनुसन्धान गरी उक्त धनमाल चोरी गर्ने धादिङ जिल्ला घर भई हाल जिल्ला नवलपरासी गैडाकोट न.पा.२ बस्ने बर्ष२३ को वुवेश परियारलाई चोरीको धनमाल सहित पक्राउ गरी अनुसन्धान भई रहेको ।

 

मृगौला तस्करी गर्ने गिरोह पक्राउ

  1. मेडिकल सिटीको रुपमा चिनिएको चितवन जिल्लामा स्वास्थ्य सम्बन्धी बिभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर राखी जिल्ला प्रहरी कार्यालय चितवनले मिति २०७५/०३/२५ गतेबाट ७ जनाको Medical Response Team (MRT) गठन गरी परिचालन गरिएको अवस्थामा चितवन जिल्लामा दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गिरिविको गलत फाईदा उठाई उनीहरुलाई प्रलोभनमा पारी मृगौला बिक्री बितरण गर्ने गिरोह सक्रिय रहेको भन्ने गोप्य सूचना प्राप्त हुन आएकोले सो सम्बन्धमा बुझ्ने क्रममा नारायणगढमा मजदुरी गरी वस्ने एक युवालाई आर्थिक प्रलोभन देखाई मृगौला बिक्रीको लागि भारतको दिल्ली लैजाने समुहका जिल्ला नुवाकोट पन्चकन्या गाउपालिका वडा नं.४ बस्ने बर्ष ४१ को हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा नं.४ बस्ने बर्ष ३५ को बिक्रम पहरी, जिल्ला मकवानपुर बकैया गाउपालिका वडा नं.५ बस्ने बर्ष २८ को प्रकाश तामाङ, जिल्ला मोरङ बयरबन गा.बि.स.वडा नं.६ बस्ने बर्ष ३४ को दिपक लिम्बु  र जिल्ला रसुवा उतरगया गाउँपालिका वडा नं.३ बस्ने बर्ष २८ को बिशाल नेपालीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारवाही गरिएको ।

 

अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने गिरोह पक्राउ

  1. विगत केही समयदेखी चितवन जिल्लाको बिभिन्न स्थानमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (VOIP) संचालन गर्नका लागी सो का गैरकानुनी उपकरणहरु राखी गैह्रकानुनी रुपमा संचालन भईरहेको भन्ने सूचनाको आधारमा केन्द्रिय अनुसन्धान व्युरो र यस जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएका संयुक्त टोलीले संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा जिल्ला रुपन्देही तिलोत्तमा न.पा.वडा नं.११ बस्ने बर्ष ३१ को बिजय गुरुङ र जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२२ बस्ने बर्ष २२ को सुनिल अधिकारीले भरतपुर म.न.पा.वडा नं.१० रिजालचोक नजिकमा रहेको नारायण पौडेलको घरमा कोठा भाडामा लिई उपकरणहरु राखी अन्तर्राष्ट्रिय आगमन कल बाईपास (VOIP) संचालन गरी रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको र उक्त कार्यमा जिल्ला रुपन्देही तिलोत्तमा न.पा.वडा नं.११ बस्ने बर्ष ३२ को मिन प्रसाद रिजालको संलग्न रहेको भन्ने खुल्न आएकोले निजलाई समेत बुटवलबाट पक्राउ गरी ल्याई दुर संचार ऐन अन्तर्गत कारवाही गरिएको ।

 

सामुहिक बलात्कार गर्ने पक्राउ

  1. मिति २०७५/०४/३० गते रातको समयमा भरतपुर म.न.पा.वडा नं.११ स्थितमा १७ बर्षिया बालिकालाई सामुहिक रुपमा जवरजस्ती करणी गरी फरार रहेका पाँच जना युवाहरुलाई मिति २०७५/०४/३१ गतेका दिन पक्राउ गरी जवरजस्ती करणी मुद्दामा आवश्यक अनुसन्धान कारवाही भई रहेको ।
  2. मिति २०७५/०४/३१ गते रातको समयमा माडी न.पा.वडा नं.३ बघौडामा १५ बर्षिया बालिकालाई जवरजस्ती करणी गर्ने दुई युवाहरुलाई मिति २०७५/०५/०१ गतेका दिन पक्राउ गरी जवरजस्ती करणी मुद्दामा आवश्यक अनुसन्धान कारवाही भई रहेको ।

नेपाल कम्युनिष्ट पार्टी बिप्लव समुहका कार्यकर्ता पक्राउ –

  1. बिभिन्न संघसंस्था संग चन्दा माग्ने, स्थानिय जनताहरुलाई धाकधम्की दिने, आगजनी गर्ने, बिष्फोटन गराउने तथा अराजक स्थित सृजना गराई जिल्लामा अशान्ती फैलाउने नेपाल कम्युनिष्ट पार्टी बिप्लव समुहका ११ जना कार्यकर्ताहरुलाई पक्राउ गरी कानूनी कारवाही गरिएको ।

 

नदीजन्य बस्तुको अबैध उत्खनन् नियन्त्रण-

  1. जिल्ला प्रहरी कार्यालय चितवनले मापदण्ड विपरीत खोलाजन्य पदार्थ अबैध रुपमा उत्खलन गर्ने टिपर ९, डोजर/लोडर ५, ट्याक्टर १ गरी १५ वटा सवारी साधनहरु बरामद गरी कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय भरतपुरमा आवश्यक कारवाहीको लागी पठाईएकोमा उक्त कार्यालयले रु.३,११,०००/- राजश्‍व असुली गरेको ।

 

 

महिला तथा बालबालिका सेवा केन्द्र तर्फ :- 

  1. यो अवधीमा ७८ वटा घरेलु हिंसा सम्बन्धि निवेदन परेकोमा ५९ वटा मिलापत्र गराईएको, बाँकी १९ वटाको सम्बन्धमा थप अनुसन्धान भई रहेको ।
  2. पुरुष ४२, महिला ११०, बालक १५, बालिका ४५ समेत गरी जम्मा २१२ जना हराएको भनि निवेदन परेकोमा खोजतलास गर्ने क्रममा पुरुष २०, महिला ५८, बालक १२, बालिका ४० समेत गरी जम्मा १३१ जना फेला परेकोले सम्बन्धित अभिभावकको जिम्मा लगाईएको ।
  3. जिल्लाका नाका तथा चेकप्वईन्टहरुमा खटिएको प्रहरी तथा माईती नेपाल लगायतका संस्थाहरुको संयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा महिला ९, पुरुष १, बालक २ र बालिका ७ जना गरी जम्मा १९ जनालाई उद्दार गरी महिला तथा बालबालिकाको हकहितमा काम गर्ने संस्थाहरु (माईती नेपाल, आदर्श गृह, मञ्जुश्री असहाय संरक्षण केन्द्र) को संरक्षणमा राख्न पठाईएको ।

 

प्रहरी कार्य तर्फ :- 

  1. सिफारिस सम्बन्धी-
  • नागरीकता तथा नाता प्रमाणित, राहदानी, पेन्सनपट्टा, सर्टिफिकेट हराएको लगायत अन्य सिफारिस समेत गरी जम्मा १९६ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको ।
  1. बन्द हडताल सम्बन्धी –
  • बन्द, धर्ना, तालाबन्दी, बिरोध र्‍याली, कोणसभा समेत गरी १६ वटा कार्यक्रम भएकोमा सो बिरोध कार्यक्रम नियन्त्रणको लागि ६९७ प्रहरी जनशक्ति परिचालन गरी प्रभावकारी सुरक्षा प्रदान गरिएको । सो क्रममा एक मोटर साईकल आगजनी तथा प्रहरी चौकी नारायणगढमा तोडफोड भएकोमा प्रहरीले संयमता अपनाई कानून सम्वत बल प्रयोग गर्दा १ सर्वसाधारण र ६ प्रहरी घाईते भएको ।
  1. VIP आवागमन सम्बन्धी –
  • VIP आवागमन तर्फ ३३ पटक VIP आवागमन भएकोमा प्रभावकारी सुरक्षा योजना बनाई सफल कार्यान्वयन गरिएको ।
  1. मुग्लिङ-नारायणगढ सडकखण्ड-
  • निर्माणाधिन मुग्लिङ-नारायणगढ सडकखण्डको बिभिन्न स्थानमा (चार किलो, कालीखोला, तोपेखोला, चेपाङडाँडा, जलवीरे, घुमाउने) बिभिन्न मिति, समयमा २१ पटक पहिरो खसी सडक अवरुद्ध भएकोमा पटक पटक गरी ३१७ जना प्रहरी परिचालन भई समन्वयात्मक कार्य गरी सवारी सुचारु गराएको ।
  1. सवारी व्यवस्थापन तथा दुर्घटना न्युनिकरण-
  • सवारी व्यवस्थापन तथा दुर्घटना न्युनिकरणको लागि भरतपुर महानगरपालिकाको कार्यालय संग समन्वय गरी व्यस्त सडकचोकहरुमा ८ वटा Traffic Eye Land को स्थापना गरिएको, थप राख्ने तर्फ पहल भई रहेको ।
  • सवारी व्यवस्थापन तथा दुर्घटना न्युनिकरणको लागि मिति २०७५/०२/१४ गतेका दिन देखि नारायणगढ देखि भरतपुर बसपार्क सम्मको सडक ५०० मिटर दाँयाबाँया ठेला, साईकल तथा फुटपात व्यवसायीहरुलाई निषेध गरिएको । मिति २०७५/०४/०७ गते देखि मुख्य राजमार्ग सडकहरुमा तीन पाङग्रे सवारी साधन क्रसपार गर्न बाहेक गुडाउन निषेध गरिएको ।
  • यो अवधीमा सवारी नियम उलंघन गरी सवारी चलाउने १४१५० जनाचालकहरुलाई कारवाही गरिएको, जसबाट रु.१,११,७०,५००/- राजश्‍व संकलन भएको ।

 

प्रशासन तर्फ :- 

  1. प्रहरी आचरण बिरुद्ध कार्य गर्ने १४ जनालाई कारवाही गरिएको छ भने प्रहरीको छवी उच्च राख्न उच्च मनोवलका साथ काम गर्ने ७ जनालाई पुरस्कृत गरिएको ।
  2. प्रहरी कर्मचारीहरुलाई थप व्यवसायीक बनाउने तथा परिवर्तित कानूनको कार्यान्वयन सक्षम बनाउनको लागि यस अवधीमा ७८६ जनालाई बिभिन्न On The job Training गराईएको ।
  3. बिभागिय निति अनुरुप सरुवा भएकाहरु मध्ये लामो समय देखि सम्बन्धित दरवन्दीमा नगई भनसुन र प्रभावका आधारमा जरा गाडी बसेका १८९ जनालाई सम्बन्धित दरवन्दीमा रवाना गरी पठाईएको ।
  4. बिभिन्न स्थानमा जनस्तर तथा स्थानिय निकायहरुबाट नयाँ प्रहरी कार्यालय स्थापनाको लागि माग भई आएकोमा यस कार्यालयबाट समेत प्रहरी कार्यालय स्थापनाको औचित्यता हेरी २१ स्थानमा प्रहरी कार्यालयको लागि सिफारिस गरिएकोमा हाललाई ५ स्थानमा (१.ई.प्र.का.(ख) रामपुर, २.प्र.चौ.पार्वतीपुर, ३.प्र.चौ.दाहाखानी, ४.प्र.चौ.पदमपुर र ५.प्र.चौ.लोथर) स्वीकृतको अन्तिम चरणमा रहेको ।

 

अन्य उल्लेखनिय कार्य

  1. भरतपुर महानगरपालिका अन्तर्गत बिभिन्न बजार क्षेत्रमा बिगतमा जडान भएको CCTV क्यामेराहरु बिग्री, भत्की काम नगर्ने अवस्थामा रहेकोमा बिभिन्न निकायहरु संग समन्वय गरी हाल नगरका २५ ठाउँका क्यामेराहरु मर्मत गरी सञ्चालनमा ल्याईएको, सो बाट बजार क्षेत्रमा हुने सवारी दुर्घटना चोरी लगायतका घटनाहरुको अनुसन्धानमा सहज भएको ।
  2. चितवन जिल्लामा लागु औषधको उत्पादन, ओसारपसार, बिक्रीबितरण र सेवन जस्ता कार्य दिन प्रतिदिन बढ्दै गएको, लैङ्गिक तथा घरेलु हिंसा, cyber अपराध र मानब बेवचबिखन जस्ता अपराधिक घटनाहरुलाई दृष्टिगत दृष्टीगत गरी सो कार्यलाई नियन्त्रण गर्न बिभिन्न संघसस्था, पुनर्स्थापना केन्द्रहरु संग समन्वय गरी टोलटोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →