हात्तीको आक्रमणबाट २७ वर्षीय माउतको मृत्यु

file photo

चितवन, १४ भदौ । चितवन राष्ट्रिय निकुञ्जको हात्तीले आफ्नै माउतलाई आक्रमण गरि मारेको छ । निकुञ्जले पालेको हात्तीले उनकै सुसारेलाई आक्रमण गर्दा आज बिहान एक जनाको ज्यान गएको हो ।
आज बिहान हात्ती चराउन जाने क्रममा हात्तीको आक्रमणबाट २७ वर्षीय माउतको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालय सौराहाको हात्तीले आक्रमण गर्दा सुनसरीको कोशी गाउँपालिका, कुसाहाका २७ वर्षीय माउत भुखरीलाल सरदारको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ । हात्ती लिएर चराउन जाने क्रममा सौराहाको डुंगा घाटबाट करिब तीन सय मिटर भित्र हात्तीले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
मोतीप्रसाद (ख) नाम गरेको भाले हात्तीले आक्रमण गर्दा सरदारको मृत्यु भएको अर्यालले बताए । हात्ती रिसाएर आक्रमण गरेको हुन सक्ने बताउँदै मृतकको पोष्टमार्टम भइरहेको अर्यालको भनाइ छ । सरदार सहित तीन जना हात्ती चराउन र घाँस काट्न गएको भएपनि अन्य दुई जना रुखमा झुण्डिएर बाँच्न सफल भएको अर्यालले बताए। मृतक सरदार भदाै छ गते मात्रै निकुञ्जको माउतमा करारमा नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →