ज्योति पुस्तकालयको निशुल्क स्वास्थ्य शिविर

सविता दराई , चैत्र ३१ 

ज्योति पुस्तकालयको आयोजनामा सन्चालन भएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा १६० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । विहिबार भरतपुर महानगरपालीका १२ धनगढाको धनेश्वर महादेब मन्दिर परिसमा रहेको ज्योति पुस्तकालयले नबर्षको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा मधुमेह, दम, उच्च रतचाप, लगायत सवै प्रकारका विरामीले स्वास्थ्य परिक्षण गराएका थिए ।
भरतपुर अस्पताल, विपि कोईरला क्यान्सर अस्पताल, ओ ए सिस मेडीकले कलेज भरतपुरको सहयोगमा सन्चालन भएको शिविरमा डा शिशिर देबकोटा, डा मनिस थापा मगर लगायतका टोलीले स्वास्थ्य परिक्षण गराएका थिए । कार्यक्रममा ज्योति पुस्तकालयका अध्यक्ष टंक रिमालको अध्यक्षता रहेको थियो भने पुस्तकालयका प्रस्ताबक तथा सस्थापक प्रमुख सल्लाहाकार भविलला घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि घिमिरेले मौसम परिवर्तनको समयमा विभिन्न रोगरु भित्रने भएकाले स्वस्थ जिवनको सुरुवात संगै नयाँ बर्षलाई स्वागत गर्न शिविरको आयोजना गरेको बताउनु भएको छ । साथै उहाले स्वास्थ्य सेवा नै मानिसको ठुलो धन हो भन्ने बताउदै स्वास्थ्य सेवालाई प्राथमिकता दिएको बताउनु भयो ।
यस्तै अध्यक्ष रिमालले पुस्तकालयले स्थापना काल देखी नै विभिन्न वर्ग समुदायलाई लक्षित गरी विभिन्न अवसर पारेर कार्यक्रमहरु गर्दै आईरहेको बताउनु भएको छ । धनेश्वर महादेब मन्दिरका अध्यक्ष तथा पदाधिकारीहरु, नौरगे टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहारु, धनगढा एकिकृत विकास समितिका अध्यक्ष तथा पदाधिकारीहरु लागयतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस