नयाँ वर्षले सौराहामा पर्यटकको चहलपहल बढ्यो

विकास पौडेल,
चितवन,बैशाख १-
नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा नयाँ वर्षका कारण पर्यटकको चहलपहल वढेको छ । नयाँ वर्ष २०७४ का कारण यहाँको होटलमा पर्यटक भरिएका हुन् । अधिकांश आन्तरिक पर्यटक छन् । सौराहा आउने मध्य ८० प्रतिशत आन्तरिक र २० प्रतिशत वाह्य पर्यटक रहेको क्षेत्रिय होटल संघ सौराहाले जानाकारी दिएको छ । सौराहामा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्घे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न आउँछन् । हात्ती चढेर जङल सफारी गर्ने, नदीमा डुगां सयर गर्ने, निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उदेश्य रहने गरेको छ ।

यति बेला सौराहाको रेष्टुरामा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष लालबहादुर (राजन भट्ट) ले बताए । उनले नयाँ वर्षको अघिल्लो रात सौराहाको राप्ती किनारमा पर्यटक रमाउन आउने गरेको वताए । नयाँ वर्षमा आएका पर्यटकको सङ्ख्याले व्यवसायीलाई निकै उत्साहित बनाएको छ,” उनले भने, “आन्तरिक पर्यटकको आगमनको क्रम बढ्दै गएपनि विदेशी पर्यटकको आगमन भूकम्पपछि अझै सन्तोषजनक बन्न सकेको छैन ।”

निकुञ्जसगँ जोडिएको सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको चितवन निकुञजले जनाएको छ । सो क्षेत्रमा पर्यटक आउँदा निकुञ्जको गोही प्रजनन् केन्द्र र हात्ती सफारीमा चाप बढ्छ । चितवनको सौराहामा मात्र सानाठूला गरी ११० वटा होटेल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटेल छन् ।

दैनिक दुई हजार पाँच सय पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । ६० भन्दा बढी रेस्टुराँ र एक सय साना पर्यटन व्यवसाय सञ्चालित छ । चितवन निकुञ्ज घुम्नका लागि मात्रै वार्षिक दुई लाख बढी पर्यटक आउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस