एनआरएनको युरोप महिला सह–संयोजकमा अभिनेत्री खड्काको उम्मेदवारी

असोज २९ । गैर आवासीय नेपाली संघ आठौं विश्व सम्मेलनमा अभिनेतृ वर्षा खड्काले युरोपको लागि महिला सह–संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

नेदरल्याण्डको आम्सिडेममा बसोबास गर्दै आएकी खड्का एनआरएनएको सम्मेलनमा भाग लिने नेपाल आएकी हुन् । एनआरएनएको जारी सम्मलेनमा खड्का सम्मेलन प्रतिनिधीका रुपमा आएकी हुन् ।

‘सबैको साथ पाए भने जित्छु, ’ मतदाता प्रति आशा राखिन् । यूरोपमा बसोबास गर्ने नेपाली समुदायको हकहितमा काम गर्ने इच्छा रहेकाले उम्मेदवारीको सोंच आएको बताइन् । पदमा बसेर झन जिम्मेवारीका साथ काम गर्ने इच्छा रहेको उनले वताइन् । सम्मेलनको दोस्रो दिन आइतबार बन्द सत्रका सेसन चलिरहेको छ ।

दुई वर्षे कार्यकाल रहेको संघको सम्मेलनका लागि ७७ देशबाट सम्मेलनका प्रतिनिधीहरु राजधानी आएका छन् । मंगलवार सकिने अधिवेसनमा अध्यक्षमा भवन भट्ट, जमुन घले गुरुङ र टिवी कार्की भिड्दैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस