एनआरएनएको एसिया प्रशान्तको उप–संयोजकमा केपी सिटौलाले उम्मेदवारी दिने

असोज २९ । गैर आवासीय नेपाली संघको जारी विश्व सम्मेलनमा केपी सिटौलाले एसिया प्रशान्त उप संयोजकमा उम्मेदवारी दिने भएका छन् । एनआरएनएको

आइसिसी सदस्य रहेका सिटौलाले आठौं विश्व सम्मेलनमा एसिया प्रशान्तको उप–संयोजकमा उम्मेदवारी दिने भएका हुन् ।

दक्षिण कोरियामा ट्राभल र रेष्टुरेन्ट व्यवसायमा सफल रहेका सिटौला एनआरएनए कोरियाका संस्थापक अध्यक्ष हुन् । दुई कार्यकाल अध्यक्ष रहेका सिटौलाले दुई कार्यकाल एनआएनएको आइसिसि मेम्वर भई विताएका थिए ।

सौल महानगरपालिकाद्धारा प्रदान गरिने मानार्थ नागरिकबाट सम्मानित हुने पहिलो नेपालीमा सिटौला हुन् । नेपाल पर्यटन बोर्डले सिटौलालाई सन् २००२ देखि कोरियाका लागि पर्यटन दुत पनि नियुक्त गरेको छ ।

एनआरएनएको जारी विश्व सम्मेलनमा सोमवार उम्मेदवारी दर्ता र निर्वाचन हँुदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस