दिपेन्द्र श्रेष्ठ
सौराहा । नेपालकै तेस्रो पर्यटकिय नगर चितवनको सौराहामा पर्यटक गाईड एशोसियसन नेपाललाई स्वागत गरिएको थियो ।
शनिबार चितवनको सौराहामा पर्यटन प्रवद्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समितिले एक कार्यक्रमका विच पर्यटक गाईड एशोसियसन नेपालका नव निर्वाचित कार्यसमितिलाई स्वागत गरिएको पर्यटन प्रवद्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समितिका सचिव राममणि खनाल जानकारी दिनु भएको छ ।

कार्यक्रममा पर्यटन प्रवद्धन तथा वन्यजन्तु वासस्थान व्यवस्थापन समितिका सचिव खनाल, उपाध्यक्ष टीका प्रसाद कँडेल ,सदस्य टीकाराम गिरी , नेचर गाइड एशोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामी, पर्यटक गाइड एशोसिएसनका अध्यक्ष बद्री नेपाल लगायतले वोल्नु भएको थियो । भने कार्यक्रम अध्यक्ष त्रैलोक्य चित्रकारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box