रत्ननगर । आज देशभर ६४ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी ”भन्ने नाराका साथ शुक्रवार सहकारी दिवसका अवसरमा विविध कार्यक्रम गरिने भएको हो ।

यसै विच चितवनको अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्ननगर १ बकुलहरको आयोजनामा सहकारी दिवसका अवसरमा अन्तर विधालय स्तरीय वक्तृत्वकला प्रतियोगीता आयोजना गरिएको छ ।“अर्थतन्त्रको खम्बा हो सहकारी” बिषयक वक्तृत्वकला प्रतियोगितामा जिल्लाका १५ वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने सहकारीका अध्यक्ष मेघनाथ पौडेलले वताए ।

प्रतियोगिता रत्ननगर १ बकुरहरमा रहेको सहकारीको सभाहलमा आयोजन गरिएको छ । कार्यक्रम विहान १० वजेवाट सुरुहुने छ । कार्यक्रमको समुदायिक रेडियो , रेडियो अर्पण १०४.५ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

Facebook Comments Box