काठमाडौ । नेकपा एमालेले थप दुई जना नेतालाई पार्टीबाट निलम्बन गरेको हो । एमाले नेताद्वय सुरेन्द्र प्रसाद पाण्डे र घनश्याम भुषाललाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको नेकपा एमालले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गर्नु भएको छ । यसअघि पार्टीले माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।

Facebook Comments Box