रत्ननगर । चितवनको रत्ननगर स्थित मोहनामा रहेको मोहना माविका विषयमा रत्ननगर नगरपालिकाले गरेको निर्णयको विरुद्धमा स्थानिय आन्दोलित भएका छन् ।

बुधवार विधालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा प्रेमी, राजनैतिक दलका प्रतिनिधि, विधार्थी र अभिभावकहरुले संयुक्त रुपमा नगरपालिका समक्ष ज्ञयापन पत्र बुझाएका छन् ।

नगरपालिकाले एक हप्ता भित्र निर्णय फिर्ता नगरे अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्थानियले वताएका छन् । स्थानियको तर्फवाट मेघनाथ पौडेलले र विधालय व्यवस्थापन समितिको तर्फवाट विष्णुहरी देवकोटाले ज्ञयापन पत्र वाचन गर्दै प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेललाई वुझाउनु भएको थियो ।

यता नगरपालिकाको तर्फबाट ज्ञयापन पत्र बुझदै प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले स्थानियको माग र ज्ञयापन पत्र नगर शिक्षा समिति र नगर कार्यपालिका वैठकमा पेश गर्ने वताउनु भएको छ ।

विधालयमा प्रयाप्त मात्रामा विधार्थी रहेको अवस्थामा नगरपालिकाले कक्षा ११ र १२ को कक्षा कटौति गर्ने निर्णय गरेको भन्दै केही दिन देखि स्थानिय आन्दोलीत भएका छन् ।

Facebook Comments Box