रत्ननगर । चितवनको रत्ननगर स्थित मोहनामा रहेको मोहना माविका विषयमा रत्ननगर नगरपालिकाले गरेको निर्णयको विरुद्धमा स्थानिय आन्दोलित भएका छन् ।

विधालयमा प्रयाप्त मात्रामा विधार्थी संख्या रहेको अवस्थामा नगरपालिकाले कक्षा ११ र १२ को कक्षा कटौति गर्ने निर्णय गरेको भन्दै विधालय व्यवस्थापन समिति, शिक्षक, राजनैतिक दलका प्रतिनिधि, विधार्थी र अभिभावकहरु संयुक्त रुपमा नगरपालिकाको निर्णयको विरुद्धमा नगरपालिका घेराउ सम्मको आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आफ्ना मागहरु संवोधन नभएको खण्डमा शशक्त आन्दोलन गर्ने र अदालत सम्म जाने स्थानियले वताएका छन् । जनप्रतिनिधि नै विधालय व्यवस्थापन समितिको अध्यक्ष रहेको समयमा गरिएको यो निर्णय शिक्षा क्षेत्रकै दुर्भाग्यपुर्ण निर्णय भएको स्थानियले वताएका छन् ।

यता वडाध्यक्ष एवं विधालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका रोशन आचार्यले भने आफुहरुको चहाना नहुदा नहुदै नगरवाट यस प्रकारको निर्णय हुनु दुखत भएको वताउनु भएको छ ।

Facebook Comments Box