रत्ननगर । लायन्स क्लव अफ रत्ननगर समृद्धिको अध्यक्षमा दिक्षा अधिकारी भूषाल चयन भएकी छन् । क्लवको ४ औं बार्षिक साधारण सभा तथा अधिवेशनले सन २०२१÷२२ का लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा विन्दु घिमिरे,द्धितीय उपाध्यक्षमा लक्ष्मी कर्माचार्य,तृतीय उपाध्यक्षमा अन्जना पुडासैनी,सचिवमा प्रमिला पोखरेल र कोषाध्यक्षमा चन्द्रनारायण श्रेष्ठ सर्बसम्मच चयन भएका छन् । लायन्स क्लव सदैब सामाजिक क्षेत्रमा क्रियाशिल रहने संस्था हो । लायन्स क्लव अफ रत्ननगर समृद्धिले पनि शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

आफ्नो कार्यकालमा संस्थाले लिएको लक्ष्य र उद्देश्य अनुसार काम गर्ने र समाजमा लायन्स क्लव अफ रत्ननगर समृद्धिलाई स्थापित गराउने काममा अग्रसर रहने नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाइन ।

Facebook Comments Box