चितवन । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को फाइनल चितवनमा हुने भएको छ । यही चैत १३ गते शुक्रबार पूर्वी चितवनको खैरहनीस्थित डिज्नी पार्क रिसोर्टमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा गर्न लागिएको हो ।

वाईएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टले यस प्रतियोगिता आयोजना गरेको हो । आयोजकले बुधबार कार्यक्रम स्थलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । प्रतियोगिताको फाइनल दिउँसो ३ बजेपछि सुरु हुने जह इन्टरटेनमेन्टका निर्देशक रुपेश चौधरीले जानकारी दिए । विगतका वर्षहरुमा सभाहल भित्र फाइनल प्रतिस्पर्धा हुने भएपनि यसपटक भने पार्कको खुल्ला चौरमा आकर्षक स्टेज बनाएर गरिने छ ।

फाइनलमा प्रतियोगीहरुको तीन सिक्वेन्समा प्रतिभा प्रस्तुत गरिने छ भने कार्यक्रम अवधिमा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुने वाईएसी इभेन्ट्सका इभेन्ट्स म्यानेजर जयस चौधरीले जानकारी दिए । प्रतियोगीहरुलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायको पहिरनमा समेत स्टेजमा उतारिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य निर्णायकमा मिस नेपाल वल्र्ड २०१९ अनुस्का श्रेष्ठ, निर्णायकहरुमा मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखी, कलाकार, निर्देशक तथा लेखक प्रदीप कुमार चौधरी, गायक अलमोडा राना उप्रेती, कस्टुम डिजाइनर सुजनररत्न परियार रहेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताको विजेता भोटिङ र निर्णायकहरुको निर्णयको आधारमा गरिने छ । सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाईस अवार्ड’ समेत प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।

प्रतियोगिताको फाइनलमा मिस्टर थारुतर्फ १५ जना र मिस थारुतर्फ १७ जना प्रतियोगीहरु रहेका छन् । उनीहरु बुधबार नै चितवन आइसकेका छन् । फाइनलमा प्रतिस्र्धा गर्ने प्रतियोगिहरुलाई काठमाडौंमा करिव एक महिनासम्म विभिन्न किसिमका प्रशिणहरु प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मिस्टर थारु २०१८ रविन चौधरीले यस प्रतियोगिताले युवायुवतीहरुको व्यक्तित्वमा विकासमा टेवा पु¥याउनुको साथै थारु संस्कृति संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए । यस्तै मिस थारु २०१८ आकृति चौधरीले पनि यस प्रतियोगिताले थारु युवायुवतीहरुलाई अगाडि बढ्नका लागि धेरै सघाउ पु¥याएको बताइन् । थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि जह इन्टरटेनमेन्टको आयोजनामा सन् २०१७ देखि मिस्टर एण्ड मिस थारुको सुरुवात भएको हो ।
यस यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।

 

Facebook Comments Box