अजित अधिकारी
चितवन । माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल सहितको टोलीले परुई खोलाको सिरानमा देखिएको राम र सीताको आकृतिको आज स्थलगत अबलोकन गरेको छ । सो अबलोकन टोलीमा माडी नगर प्रमुख ढकाल सहित ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेल नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति भागिरथ बस्याल बसन्तपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष शशिधर बराल धार्मिक अभियान्ता कृष्णानन्द बत्स लगाएतको अबलोकनमा सहभागीता रहेको थियो ।

माडी ७ स्थित देबेन्द्रपुर हुलाकी मार्गबाट करीब ३ कि।मि। माथी दक्षिण दिशातिर हालै पहिरो गएको स्थान नजिकै पश्चिम उत्तर दिशातिर रहेको सानो खोल्सामा बिशाल पत्थरमा राम र सीताको आकृती तथा साथमा हनुमानको समेत तस्वीर देख्न सकिन्छ । यसैगरी बिशाल शिलाको माथिल्लो किनारतिर बाँदर सेनाको फौजी र २ वटा झरना जस्तो आकृती सो पत्थरमा पाउन सकिन्छ । दायाँ दिशातिर शिबलिङ्ग र गाईको थुन, देख्न सकिन्छ । नजिकै नागको आकार समेत देखिन्छ ।

यसैगरी सो आकृति भन्दा केहि अगाडि पानीको मुल समेत देख्न सकिन्छ । उक्त दृश्य केहि महिना अगाडि परुई खोला सिरानमा गएको भिषण सुख्खा पहिरो हेर्न जाने क्रममा नजिकै त्यस्तो खालको आकृती देखिएको धार्मिक अभियान्ता कृष्णानन्द बत्सले चितवन अनलाईन खबरसंग बताए । बत्सका अनुसार, त्यस क्षेत्र नजिकै अर्को बिशाल शिलामा हात्तीको जस्तो आकार एबम सुँढ जहाँवाट पानीको छ्हारा खसेको प्रष्ट देख्न सकिने उनको भनाइ छ । उनी भन्छन्, त्यहाँ भेटिएका शिला र पत्थरहरु बाल्मिकि रामायणसंग सहजै मेल खान्छन् । यसैगरी आज सो क्षेत्रको अबलोकन गर्दै नगर प्रमुख ढकालले माडी धार्मिक क्षेत्रमा अग्रणी रहेको र प्रकृतिले माडीलाई बरदान दिएको चित्रण गरे । सो क्षेत्रमा रहेका राम, सीता, हनुमान र नागको आकृति एबम शिब लिङ्गको दर्शन गर्दै नगर प्रमुख ढकालले यसको संरक्षण र सम्बर्द्धनमा सबैजना मिलेर लाग्नु पर्ने तर्क गर्दै, यसको प्रचारप्रसार र संरक्षण एबम सम्बर्द्धनमा पहल गर्ने बताए ।

धार्मिक पहिचान संगसंगै माडीको सम्पत्तिको रुपमा रहेकाले तत्काल यस बारेमा भुगर्भ बिदहरुलाई छिटै नै अनुसन्धानको लागि खबर गर्ने बताए । यसैगरी ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले प्रकृतिले दिएको बिभिन्न आकृतिहरुको दर्शन गर्न पाउदा निकै खुशी लागेको र माडी क्षेत्र आँफुलाई निकै रमणीय लागेको र यसको प्रचारप्रसार र सुरक्षामा विशेष पहल गर्ने जनाए ।

(भिडियो अपडेट हुदैछ )

Facebook Comments Box