अजित अधिकारी
चितवन । माडी धार्मिक ऐतिहासिक स्थलका रुपमा बिश्व बिख्यात छ । प्राचीनकालदेखि विभिन्न किसिमका भु बनोटमा निर्मित प्राचीन र प्राकृतिक संरचनाहरु यस क्षेत्रमा देख्न पाइन्छ । विशेषगरी यहाँ विभिन्न समयमा बसोबास गर्दै आएका भगवानहरुको बसोबासको रुपमा रहेको देब भुमिको रुपमा माडीलाई लिइन्छ । चारैतिर निकुञ्जले घेरिएको बिचमा समथर भुभागका रुपमा रहेको उपत्यकालाई नै माडी भनिन्छ । प्राकृतिक शौन्दर्यताले भरिपूर्ण क्षेत्र माडीमा केहि महिना अगाडि अचम्मको प्राकृतिक घटना भयो । जुन घटना प्राकृतिक रुपमा नै अकल्पनीय थियो । झन्डै ५०० मिटर क्षेत्रफल र १० मिटर हाइटमा भिषण सुख्खा पहिरो गएको र नजिकै खोला थुनिएर ताल बनेको कुरा त तपाईं हामी सबैलाई थाहा नै छ । जुन खोला थुनिएर बनेको ताल अझै पनि यथाबत नै छ । तपाईंहरुलाई पत्यार लाग्छ या लाग्दैन । यदि पत्यार लाग्दैन भने तपाईं यो तस्वीर हेरेपछि छर्लङ्ग हुनुहुन्छ ।


माडी ७ स्थित देबेन्द्रपुर हुलाकी मार्गबाट करीब ३ कि।मि। माथी दक्षिण दिशातिर हालै पहिरो गएको स्थान नजिकै पश्चिम उत्तर दिशातिर रहेको सानो खोल्सामा बिशाल पत्थरमा राम र सीताको आकृती तथा साथमा हनुमानको समेत तस्वीर देख्न सकिन्छ । यसैगरी बिशाल शिलाको माथिल्लो किनारतिर बाँदर सेनाको फौजी र २ वटा झरना जस्तो आकृती सो पत्थरमा पाउन सकिन्छ । दायाँ दिशातिर शिबलिङ्ग र गाईको थुन, देख्न सकिन्छ । नजिकै नागको आकार समेत देखिन्छ । यसैगरी सो आकृति भन्दा केहि अगाडि पानीको मुल समेत देख्न सकिन्छ ।

उक्त दृश्य केहि महिना अगाडि परुई खोला सिरानमा गएको भिषण सुख्खा पहिरो हेर्न जाने क्रममा नजिकै त्यस्तो खालको आकृती देखिएको धार्मिक अभियान्ता कृष्णा नन्द बत्सले चितवन अनलाईन खबर संग बताए । बत्सका अनुसार, त्यस क्षेत्र नजिकै अर्को बिशाल शिलामा हात्तीको जस्तो आकार एबम सुँढ जहाँवाट पानीको छ्हारा खसेको प्रष्ट देख्न सकिने उनको भनाइ छ । उनी भन्छन, त्यहाँ भेटिएका शिला र पत्थरहरु बाल्मिकि रामायणसंग सहजै मेल खान्छन् । यसैगरी आज सो क्षेत्रको अबलोकन गर्न शब्द चिन्तन संघका संरक्षक प्रमुख एबम परम पुज्य १००८ रुद्राक्ष बाबा मुकुन्द राज पोख्रेल शब्द चिन्तन संघका संरक्षक एबम संयोजक एबम शान्ति महा अभियान्ता लोक चन्द्र शान्ति दुत शब्द चिन्तन संघकी दिब्यश्वरी माता रिया श्रेष्ठ शब्द चिन्तनका संस्थापक साधक एबम मेची महाकालीका शान्ति महा अभियान्ता भागिरथ न्यौपाने र नेपालका धार्मिक अभियान्ता कृष्णा नन्द बत्स लगाएतको धार्मिक टोलीले आज सो क्षेत्रको अबलोकन गरेको हो । अबलोकनका क्रममा उक्त टोलीले माडी धार्मिक क्षेत्रमा अग्रणी रहेको र प्रकृतिले माडीलाई बरदान दिएको चित्रण गरे । सो क्षेत्रमा रहेका राम, सीता, हनुमान र नागको आकृति एबम शिब लिङ्गको दर्शन गर्दै परम पुज्य १००८ रुद्राक्ष बाबा पोख्रेलले यसको संरक्षण र सम्बर्द्धनमा सबैजना मिलेर लाग्नु पर्ने तर्क गर्दै, यहाँको दर्शन गर्नाले मनले चिताएका सबै मनोकामना सिद्ध हुनेमा आँफु बिश्वस्त रहेको बताए । यसैगरी शब्द चिन्तन संघकी दिब्यश्वरी माता रिया श्रेष्ठले, प्रकृतिले दिएको बिभिन्न आकृतिहरुको दर्शन गर्न पाउदा निकै खुशी लागेको र माडी क्षेत्र आँफुलाई निकै रमणीय लागेको बताइन् । उनी भन्छिन्, अब यस क्षेत्रको प्रचारप्रसार संगसंगै सुरक्षाको समेत अपरिहार्य आबश्यता रहेको छ ।

Facebook Comments Box