पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा पार्टी प्रकाशन पुस्तक पर्दशनी

फागुन ८, रत्ननगर । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति चितवनले पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा पार्टी प्रकाशन पुस्तक पर्दशनी कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कार्यक्रममा विभिन्न वुद्धिजिवी, राजनितिग्य, मजदुर लगायतले अवलोकनका साथै पुस्तक किनेर सहयोग गर्नुभएको थियो । शासक दलहरू एक आपसमा आरोप प्रत्यारोपमा रुमलिरहेको बेलामा नेमकिपाले प्रगतिशील साहित्यिक पुस्तकहरू प्रदर्शनमा ल्याउँदा जनतालाई पढ्न र बुझ्ने अवसर मिलेको छ ।
कार्यक्रमलाई अवलोकन गर्नुहुँदै भरतपुर महानगरपालिका स्थित शुक्रनगर स्थाई घर भएका प्रेम सुनुवारले आफू पनि कम्युनिस्ट विचारधारा समर्थित रहेको बताउनु भयो । नेमकिपाले गरेको पुस्तक प्रदर्शनिले कम्युनिस्ट सिद्धान्त प्रचार गर्नमा बल पुग्ने उहाँको बुझाई थियो । जुनसुकै ठाउँमा रहेर पनि कम्युनिस्ट विचारलाई जनता माझ फैलाउन पर्छ । आफुलाई कम्युनिस्ट दावा गर्नेहरुले नै व्यबहारमा नउतार्दा जनतामा भ्रम छर्ने काम भएको सुनुवारको गुनासो थियो ।

त्यस्तै, पुस्तक प्रदर्शनिमा मन परेको किताब किन्नुहुँदै रत्ननगर नगरपालिका स्थित गैरीगाउँका राजेश परियारले नेमकिपा चितवनको हदमा पुरानो पार्टी हो । नेपालको सच्चा कम्युनिस्ट पार्टी भनेको नेमकिपा मात्र रहेको उनको बुझाई थियो । आफ्नो घर परिवार पनि नेमकिपाको जगमा उठेको बताउनुहुँदै पार्टी सम्पर्कमा नहुँदा साँचो कम्युनिस्ट पार्टी छान्दा छान्दै हैरान भएको परियारको कुरा थियो । नेमकिपाको विचारलाई फैलाउन पर्ने उहाँको सल्लाह रह्यो । विहान १०:३० बजे देखि सुरु भएको पुस्तक प्रदर्शनी कार्यक्रम दिउँसो ३स्३० बजे सम्म रहेको थियो । सत्ताधारी दलहरुको कार्यशैलीले नैरास्यता ल्याएको जनतामा यस रचनात्मक कार्यक्रमले उत्साह ल्याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →