पछिल्लो समय टिक टकमा उदयमान माडीका पोख्रेल

अजित अधिकारी
चितवन । पछिल्लो समय माडीका एक प्रतिभाशाली ब्यक्तित्व कृष्ण प्रसाद पोख्रेल एकाएक टिक टकमा भाइरल भएका छन । सानै उमेरदेखि जिज्ञासु र मेहनती स्वभावका उनी बुवा चेतभक्त पोख्रेल र आमा बसुन्धरा पोख्रेलको कोखबाट बिस। २०४० साल आश्विन १५ गते जगन्नाथपुरीमा जन्मिएका हुन । विशेषगरी उनी, लेख रचनामा भन्दा पनि नाचगान, अभिनयमा बढी रुचि राख्छन । घरपरिवारको चाहना पढेर सरकारी जागीर खानुपर्छ भन्ने थियो । तर समयको खेलसंगै जागीर खानुपर्छ भन्नेमा मन फिटिक्कै गएन उनी भन्छन । बरु केही बर्ष रोजगारीको खोजीमा झन्डै २ बर्ष मलेसियामा बसेको बताए । त्यहाँ बस्दा राम्रै कमाई भयो । पछि बिस्तारै बिदेश मात्र बसेर हुदैन । आफ्नै देशमा केहि गर्नुपर्छ । भन्ने उदेश्यका साथ नेपाल आएको बताउँछन । जिन्दगीमा धेरै ठुलो दुख भोगेको र आज यो स्थानमा आउन धेरै ठुलो दुख भोगेर आँफु भाग्यले बाँचेको बताउछन् । बिस। २०६२ साल जेष्ठ २३ गते कल्याणपुर बाँदरमुढेमा तत्कालीन माओबादीले राखेको एम्बुसमा परेर ढाड भाँचिएर घाइते भएको बताए । केही समयको उपचारपछि निको भए उनी भन्छन । अहिले उनी, आफ्नै घरमा होटल गरेर बसेका छन ।

जसोतसो आफ्नो जहान परिवार पाल्न केही त गर्नै पर्छ । भन्ने लागेर नै यस पेशामा लागेको बताउछन् । उनी भन्छन, म सानै उमेरदेखि कलाकारिता एबम अभिनय गर्नमा बढी रुचि राख्छु । त्यहि भएर नै अहिले बचेको फुर्सदको समयमा टिक टकमा अभिनय गर्छु । सबैले मेरो प्रतिभालाई मन पराउनु भएको छ । मेरो प्रतिभालाई मन पराउनुहुने मेरा अग्रज दर्शक श्रोताहरु प्रति आभारी छु । आशा छ यहाँहरुको यस्तै माया साथ सहयोग र सदभाब भोलिका दिनहरुमा पनि पाउनेछु भन्नेमा म पुर्ण आशावादी छु ।

धन्यवाद !

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →