ईप्रका माडीद्वारा सामाजिक बिकृती बिसङ्गतीका विरुद्ध समाजमा सचेतना अभियान सुचारु

अजित अधिकारी
चितवन । माडीमा हुने सामाजिक बिकृती र बिसङ्गगतिका विरुद्ध ईलाका प्रहरी कार्यालय माडी निरन्तर सशक्त भएर लागिरहेको छ । पछिल्लो समय माडीमा दिनप्रतिदिन दुर्घटनाका घटनाहरु घटिरहेको हुँदा यस विषयकमा निकासको बाताबरण सिर्जनागरी दुर्घटना मुक्त समुन्नत समाजको निर्माण गर्न ईलाका प्रहरी कार्यालय माडीले सरोकारवालाहरु संग अन्तरक्रिया गरि माडीको हुलाकी सडक रुटमा दायाँबायाँ र बिचमा लेन लाइनिङ्ग एबम निश्चित एरियामा जेब्रा क्रसिङ्गको लागि लेन लाइनिङ्ग कोरिएको छ । र केहि समयपछि सडकमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक संदेशमुलक होडिङ्ग बोडहरु समेत राखिने भएको छ । यसैबीच सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय माडीले महिला हिंसा, घरेलु हिंसा, बाल बिबाह, बाल शोषण जस्ता अनैतिक गतिविधिहरु समाजमा बढिरहेको हुँदा, यसको रोकथाम र नियन्त्रणमा प्रहरीको महत्वोपुर्ण भुमिका रहने हुँदा माडीका विभिन्न क्षेत्रमा रहेका शिक्षण संस्थाहरुमा अध्यनरत विद्यार्थीहरुलाई सामाजिक समस्या र यसको रोकथाममा विद्यार्थीको भुमिका लगाएतका विषयकमा प्रशिक्षण दिइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले चितवन अनलाईन खवरसंग बताए । उनले, विशेषगरि विद्यार्थीहरु लागुपदार्थ दुर्ब्यसनीमा फस्ने हुँदा कुलतबाट बचाउन साथै चेलीबेटी बेचबिखन, बलात्कार, लागु औषध दुर्ब्यसनी, बाल बिबाह, जुवातास, जाँडरक्सी जस्ता अनैतिक गतिविधिहरुमा सजग गराउन र समाजमा चेतना जगाउने उदेश्यका साथ सचेतना कार्यक्रम सुचारु गरिएको प्रहरी प्रमुख पौडेलको भनाइ छ । यसैगरी समाजमा हुने हो हल्ला, ज्यादतीका घटना, जुवातास, चोरीडकैती, बलात्कार, चेलीबेटी बेचबिखन, लागुपदार्थ दुर्ब्यसनी, छुवाछूत जस्ता अमानबिय क्रियाकलापहरु समाजमा रहने हुँदा तत्काल यसको नियन्त्रणमा लाग्न सबैमा आग्रह गरे । माडी भारतीय सीमा क्षेत्र नजिक रहेकाले पनि तत्काल यस्ता गतिविधिहरुको निगरानी गर्नुपर्ने बताए । उनले, सामाजिक बिकृती बिसङ्गगती रहित सभ्य समाजको निर्माण गर्न युवाहरुको महत्वपूर्ण भुमिका रहने हुँदा, युबा बर्गहरुलाई कुलतबाट जोगाउनु पर्नेमा जोड दिए ।

अभिभावकहरुले आफ्ना सन्ततिहरुको बारेमा बुझेर काम गर्नुपर्ने बताए । छोराछोरीले गर्ने काम र उनिहरुको संगत के कस्तो छ । लगाएतका विषयकमा अभिभावकहरु समयमा नै चनाखो भएर लाग्नुपर्ने तर्क गरे । अनि मात्र सभ्य, शुन्दर र समुन्नत समाजको निर्माण हुन सक्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →