बछौली साना किसानमा नारायण महतोको सानदार जित

दिपेन्द्र श्रेष्ठ , चितवन  । रत्ननगर नगरपालिका ६ बछाैलीमा रहेको बछाैली साना किसान सहकारी संस्थाकाे अध्यक्षमा नारायण चौधरी र उपाध्यक्षमा जरिमाया तमाङ  चयन हुनु भएको छ ।१९ वटा इकाइ मध्ये काँग्रेसले १२ वटा इकाइ जितेर अध्यक्ष सहित पदाधिकारी तथा बहुमत सदस्य सहित नयाँ कार्यसमिति गठन गरेको हो ।

२३ औं साधारण सभा तथा अधिबेशन अन्तर्गत इकाइ निर्वाचन भएको थियो । निर्वाचन जितेर आएका १९ जना मध्ये नेपाली काँग्रेसको तर्फबाट नारायण महतो अध्यक्षमा चयन भएका छन । उपाध्यक्षमा नेपाली काँग्रेसकी जरी तामाङलाई चयन गरिएको छ ।

कार्यसमिति सदस्यमा सोविता धमला खरेल,राजेन्द्र चौधरी,झलिया चौधरी,गोपी प्रसाद लम्साल,नाथुराम महतो,दुर्गानाथ अर्याल,तीर्थराज ढकाल,सिखनी चौधरी,हरितारा रिजाल,शंकर महतो,गोपिकुमारी रिजाल,फुलेश्वर चौधरी,सानुमाया गिरी,प्रभा चौधरी,भूवनराज महतो,हिमाकुमारी थापा,रामहरि मैनाली चयन भएका छन । १७ जना कार्यसमिति मध्य १० जना नेपाली काँग्रेसका हुन ।

अधिवेशनले लेखा समितिको संयोजकमा विष्णुप्रसाद आचार्य र सदस्य पवित्रा चौधरी तथा प्रमिला चौधरीलाई चयन गरिएको छ । साना किसानको नेतृत्व हात पार्ने योजनाका साथ चुनावी मैदानमा होमिएको नेकपा दुई चिरा परेकै कारण हार व्यहोर्न बाध्य भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →