माडीको बगही लगाएतका क्षेत्रहरुमा नेटवर्कको समस्या

 

चितवन । माडी नगरपालिका ९ स्थित बगहीका अधिकांश क्षेत्रहरुमा बिगत लामो समयदेखि नेटवर्क समस्याका कारण मोबाइल फोन तथा संचार सेवाबाट स्थानीय बासीहरु बन्चित भएका छन । नेटवर्क समस्याका कारण कान्छी बगही, प्याउली, जेठी बगही, गणेशकुन्जा, खरिकुना, सागबारी लगाएका क्षेत्रमा बसोबास गर्ने झन्डै ५०० घरधुरी मोबाइल फोन तथा संचार सेवामा पछाडि परेको माडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष एबम प्रबक्ता शिबहरी सुबेदीले चितवन अनलाईन खबरसंग बताए । घरमा मोबाइल भएर पनि फोन गर्न समस्या भएका कारण खेत तथा अग्लो ठाउँमा गएर फोन गर्नुपर्ने समस्या रहेको स्थानीय गंगा बहादुर अधिकारीले बताए ।

उनका अनुसार, गाउँमा कोही बिरामी भएमा नेटवर्कको समस्याका कारण एम्बुलेन्स सेवाबाट समेत बन्चित रहनुपरेको दुखेसो गरे । उनले भने, हामीले बारम्बार यस विषयमा सम्बन्धित निकायमा कुरा राख्यौ तर पनि हाम्रो समस्याको सुनुवाइ भएन । नेटवर्कको समस्या कान्तिपुरमा रहेका विभिन्न क्षेत्रहरुमा मात्र होइन, बगही लगाएतका विभिन्न क्षेत्रहरुमा पनि यस्तै नेटवर्कको समस्या छ । कुनै एक क्षेत्रलाई मात्र नभई नेटवर्क प्रभावित क्षेत्रहरुको सम्भाब्यतालाई बुझेर काम गर्न समेत सबैमा स्थानीय अधिकारीले आग्रह गरे । बिगत केही समय अगाडि माडीको कान्तिपुर लगाएतका क्षेत्रहरुमा नेटवर्कको समस्या विषयकमा विभिन्न अनलाईन खबरहरुमा प्रकाशित समाचार पश्चात् अहिले त्यस क्षेत्रमा नेपाल टेलिकमको नयाँ टावर निर्माण भएको छ ।

लेखक : अजित अधिकारी
पत्रकार

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →