श्री ब्रहमज्योति राष्ट्रिय निम्नमाध्यमिक बिद्यालयमा अध्ययनरत छात्र थापाले बनाए चमात्कारीक उपकरण

चितवन । माडी नगरपालिका ५ ब्रहमपुरी निवासी पदम बहादुर थापाका छोरा प्रदिप थापाले चमात्कारिक उपकरणहरु निर्माण गरेका छन । उनी श्री ब्रहमज्योति निम्नमाध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्र हुन ।

उनले सुरुका दिनमा रोबट बनाएर चर्चामा आएका हुन् । उनी अहिलेसम्म मिक्सर, फ्रीज, डोजर, बस, ट्रली बस, वल्डिङ्ग गर्ने मेसिन, पानी तान्ने मोटर, पानी तताउने मेसिन लगाएतका चमात्कारीक उपकरणहरु बनाएर छोटो समयमा नै उनी चर्चामा आएका हुन । तर उनी आफ्नो घरको आर्थिक अबस्थाका कारण नयाँ नयाँ उपकरणको खोजी र निर्माण गर्न आर्थिक अभावका कारण बनाउन नसकेको उनले गुनासो गरे ।

यसैगरी सोही विद्यालयमा पढ्ने विद्यार्थी प्रदिप थापाको लागि बिद्यालयले के गर्दै छ ? भन्ने प्रश्नमा हामीहरुले स्थानीय सरकारसंग पनि पहल गरिरहेका छौँ र हामी विद्यालय व्यवस्थापन समितिको छलफल गराएर विद्यार्थी थापालाई आर्थिक सहयोगका लागि अवधारणा निमार्ण गर्न लागिएको शिक्षकहरुले वताए ।

तर विद्यार्थी थापाले नगरपालिकाले मैले बनाएका उपकरणहरुको निगरानी नगरेको हुँदा, तत्काल निगरानीगरी आर्थिक अभाव भएको हुँदा आर्थिक सहयोग गरिदिनुहुन सबैमा विद्यार्थी थापाले अनुरोध गरेका छन । तर कोभिडका कारणले लामो समय बिद्यालय बन्दहुदा पठनपाठन सुचारू नहुदा बिद्यार्थीहरुको शैक्षिक प्रगति हेर्न ढिलाइ भएको हुन सक्छ । तर अब स्थानीय सरकारले आफ्नो क्षेत्रमा बिद्यार्थीको क्षमताकस्तो छ । भनेर अनुगमनगरि काम गर्ने सहज बाताबरण र आर्थिक सहयोग गरिदिन आबश्यक छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →