आयुर्वेदिक औषधिको सेवनबाट रत्ननगरका १९८ जना कोरानामुक्त (भिडियो सहित)

रत्ननगर । रत्ननगर नगरपालिकाका १९८ जना कोरोना भाइरस संक्रमितको आयुर्वेदिक औषधिको सेवनबाट कोरोना भाइरस निको भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले धनवन्तरी जयन्ती २०७७ को अवसर पारेर विहिवार आयोजना गरेको एक कार्यक्रममा तथ्याङ्क सार्वजनिक गरेको हो ।

केन्द्रले रत्ननगर नगरपालिका भित्र होम आइसोलेसन र पब्लिक आइसोलेसनमा रहेका कोरोना संक्रमित १९८ जनाले आयुर्वेदिक औषधि सेवन गरेरै कारण कोरोनामुक्त भएको कार्यालयकी प्रमुख डा. कोपिला अधिकारीले वताइन् ।

डा.अधिकारीले आयुर्वेदिक औषधि प्रयोग गर्ने कोरोना सङ्क्रमितको रिपोर्ट १२ दिनभित्रमा नेगेटिभ आएको बताइन् । साथै उनले कोरोना सङ्क्रमितका परिवार रिपोर्ट लिएर मात्रै औषधि लिन आउन आग्रह समेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →